४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

राज्य आतंकको ‘पर्याय’ बन्नु हुँदैनः भीष्मराज आङ्देम्बे

राज्य आतंकको ‘पर्याय’ बन्नु हुँदैनः भीष्मराज आङ्देम्बे
अ+ अ-

काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता भीष्मराज आङ्देम्बेले सुकुम्बासी बस्ती हटाउने नाममा राज्यले डोजर आतंक मच्चाइरहेको आरोप लगाउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता आङ्देम्बेले अव्यवस्थित बस्ती हटाउने नाममा गरिएको ‘डोजर आतंक’का कारण मानिसको ज्यान समेत गएको बताउनुभएको हो । उहाँले राज्य आतंकको पर्याय बन्न नहुनेमा जोड दिँदै अभिभावक जस्तो हुनुपर्ने बताउनु भयो ।

उहाँले विद्यालयमा डोजर लगाउँदा त्यहाँ अध्ययनरत सयौँ विद्यार्थी भविष्यबिहीन अवस्थामा पुगेको उल्लेख गर्नुभयो । सरकारलाई मानवीय संवेदनशीलता अपनाउन उहाँले आग्रह समेत गर्नुभयो । उहाँले सुकुम्बासी समस्या समाधानका लागि स्पष्ट नीति, प्रक्रिया र सहकार्य आवश्यक रहेको बताउनु भयो ।

उहाँले राज्य सञ्चालनको शैली लोकतान्त्रिक हुनुपर्नेमा जोड दिँदै बल प्रयोगमार्फत गरिने व्यवस्थापनले नागरिकमा त्रास सिर्जना हुने र त्यसले विद्रोह उत्पन्न हुने चेतावनी दिनुभयो । उहाँले मुलुकलाई व्यवस्थित र सुन्दर बनाउने विषयमा आफूहरुको कुनै असहमति नरहेको स्पष्ट पार्नुभयो । खोला–नाला, राजधानी तथा देशका विभिन्न भूगोललाई व्यवस्थित र आकर्षक बनाउने कार्यमा सबैको साझा चाहना रहेको उहाँको भनाई छ । तर व्यवस्थित गर्ने नाममा विधि र प्रक्रिया मिच्न नहुनेमा उहाँले जोड दिनुभयो । लोकतान्त्रिक मूल्य र मान्यताभित्र रहेर काम गर्न उहाँले सरकारलाई सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले मुलुकलाई व्यवस्थित गर्ने कुरामा कहाँ विमति जनाएका छौं ? मुलुक सुन्दर बन्नुपर्दछ । हाम्रा खोला नालाका खोला नालाहरु थप सुन्दर बनेर बगोस्, हाम्रो राजधानी थप सुन्दर बनोस् । हाम्रा चाहिँने मफसल, हाम्रा चाहिँने भूगोललाई नेपाल यो चार किल्ला हाम्रो मुलुक सुन्दर बनोस् । अव्यवस्थित कोही नहोउन्, यो हामी सबैको चाहना हो । त्यसमा कहीँ कतै राज्यलाई हामीहरुले विमति जनाईदिएका छैनौं । तर शैली लोकतान्त्रिक हुनु पर्यो । कुरा उठेको छ, जमिन सरकारको हुने जनता कसको हुने ? कुरा त उठ्यो नि त । भनेपछि राज्यले आफ्नो मुलुक बनाउनुपर्छ । आफ्नो खोला नाला सुन्दर बनाउनु पर्छ । अव्यवस्थित छ भने व्यवस्थित गर्नुपर्छ । त्यसलाई टुंगोमा पु¥याउनु पर्छ । तर त्यसको पनि प्रक्रियाहरु हुन्छन् । त्यसलाई पनि सही र गलत के हो, छुट्याईकन विधि र प्रक्रिया भित्रबाट देखिराख्नुभएको छ त ? स्कुलका स्कुलमा पढ्ने ३००, ४०० विद्यार्थी आज भविष्य बिहिन भएर बसिराख्नुभएको छ । दुईजना त आजको मितिमा वितिसक्नु भएको छ, अव्यवस्थितलाई हटाउने नाममा गरिएको डोजर आतंकले । मैले यो शब्द किन प्रयोग गरेको भन्दाखेरी जब मान्छेको मृत्यु सम्म पुग्ने अवस्था हुन्छ भने त कहीँ न कहीँ जनता आतंकित हुन्छ । राज्य आतंकको पर्याय बन्नु हुँदैन । राज्य त अभिभावक जस्तो पो हुनुपर्छ । हिजो हामीले सकेनौ होला । आज पनि त्यसैको निरन्तरता हो भने भोलि फेरि निष्कर्ष त विद्रोह हो । विद्रोहले पुगिने कहाँ हो ? यो कुरा बुझ्नुपर्छ । आज जसरी सुकुम्बासीको नाममा भएको यो जुन खालको आतंक छ, यसलाई विधि प्रक्रिया भित्र ल्याउनुस्, त्यति भनेको हामीले । हामी छौ साथमा । हामीले प्रतिपक्षको रुपमा कहाँ–कहाँ निर राज्यले हामीसँग सहयोग लिने ? डोजर चलाउनको निम्ति त हामीलाई बोलाउनु भएन नि । डोजर चलाउने बाटो यसरी बनाउँदा खेरी उसको घर मिचिँदैन भन्ने कुरामा त बोलाए हुन्छ । डोजर चलाउने बाटो एउटा सुकुम्बासीको घर मिचिएर नजाओस् । सुकुम्बासीलाई त व्यवस्थित गर्नुपर्छ । यस विषयमा ध्यान दिनुपर्दछ । आज त्यो खालको अवस्थाले मुलुक आतंकित छ ।’ 

उहाँले सरकार संख्याको बलमा विधि र प्रक्रियालाई मिचेर अगाडी बढिरहेको आरोप लगाउनु भयो । प्रतिपक्षी दलहरुले देखाएको सदाशयतालाई कमजोरीको रुपमा नलिन पनि उहाँले सरकारलाई चेतावनी दिनुभयो । उहाले हाल सरकार जनताको अभिमतलाई विश्वास नगरेर संसदलाई वन्धक बनाएर अध्यादेशबाट चलिरहेको आरोप लगाउनु भयो ।

उहाँले चोर बाटोबाट देश चलाएर दिगो. विकास र शान्ति नहुने उल्लेख गर्नुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रम, बजेट लगायत अन्य समस्याका बारेमा छलफल गर्ने संसदलाई वन्धक बनाएर राख्न नहुनेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘जनताको अभिमतबाट प्राप्त भएको यत्रो ठूलो आकारलाई विश्वास नगरेर, त्यो आकारले एउटा टुङ्गोमा पु¥याउँछ भन्ने विश्वास नगरेर जसरी चोर बाटोबाट उहाँहरूले आफूहरूलाई निकाल्ने कोसिस गरिराख्नुभएको छ, यसले राम्रो संकेत दिइराखेको छैन । यसले उहाँहरूलाई भोलि फेरि दुईतिहाइ पु¥याएर या अझै ठूलो पार्टी बन्नका निम्ति मात्रै हो भने त भन्ने केही पनि थिएन तर यसले त मुलुक समाप्त हुन्छ, भन्ने चिन्ता हामीलाई लागिराखेको छ । यो चिन्ता पार्टीको रूपमा हामीले गर्दा जनताले हिजो तैंले के गरिस ? भन्ने ठाउँ त रहला तर जनता नै नरहने हो कि ? भन्ने खालको ठाउँमा पुग्यो भने जनता जसले भोट हाल्यो, उहाँहरूले पनि सोच्ने अवस्था सिर्जना होला । त्यसले गर्दाखेरी चोर बाटोबाट व्यक्त भएका व्यक्तिहरूले मुलुकलाई दिगो शान्तितर्फ दिगो विकासतर्फ डो-याएर लैजाँदैन । यसले कहीँ न कहीँ बुम¥याङमा पु¥याउँछ । जनताले दिएको जनताको त्यत्रो ठूलो अभिमत माथि उहाँहरूले भरोसा गर्नुपर्दछ । तयारी पुगेन भन्ने भाषा राखेर एउटा मितिमा घोषणा गर्ने ४८ घण्टा बित्न नपाउँदै यो कारणले भनेर रोकिदिने त्यो त बचकना भयो नि । मुलुकको संसद्को कुरा हो । त्यसमाथि पनि अध्यादेशबाट मुलुक चलाउँछु भन्ने अभ्यास हिजो पनि भएको थियो । आज हिजोकै दिन देखाएर आजको आफ्नो कामको स्पष्टीकरण दिने हो भने त त्यसको के अर्थ भयो र ? हिजो त्यो भएर न आज यस्तो खालको अवस्था छ । अब चाँडै हामीले बजेटमा छलफल गर्नुपर्ने हुन्छ, जेठ १५ आउन आँटिसक्यो । नीति तथा कार्यक्रममा हामीले छलफल गर्नुपर्ला । विषयगत समितिहरूमा व्यापक छलफल गर्नुपर्ला । तपाईंहरूले यो जिल्ला समन्वय भित्रको चासो व्यक्त गरिराख्नु भएको छ, अर्को एउटा वर्ग होला जसले आफ्नो वर्गीय समस्या चिन्ता गरिराख्नुभएको छ, यी सम्पूर्ण समस्याहरूलाई फर्कें किनारमा राखेर आफू मात्रै कसरी बलियो हुने र मैले यो यो गर्नका निम्ति के के कुरामा चाहिं संशोधन गर्ने या बलमिच्याईं गर्ने भन्ने कोणबाट मात्रै सोचेर अगाडि बढेको छ भने समग्रमा मुलुकभरिको चिन्ता कहाँ निर रहेछ त नि ?’ 

उहाँले सम्पती शुद्धिकरणसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी भएको उल्लेख गर्दै सबैको सम्पती छानविन गर्न आवश्यक रहेको बताउनु भयो । हालै सरकारमा गएकाहरुको पनि अस्वभाविक सम्पती देखिएको उहाँको भनाई छ । – न्युज एजेन्सी नेपाल