३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

भारत सहभागी हुने भएपछि सागमा खेलाडी बढे

भारत सहभागी हुने भएपछि सागमा खेलाडी बढे
अ+ अ-

काठमाडौं । आसन्न १३औं दक्षिण एशियाली खेलकूद (साग)का लागि पोखरामा ८४० खेलाडी सहभागी हुने भएका छन् । यसअघि आर्चरीमा भारत सहभागी नहुने जनाएकाले ८२४ खेलाडीमात्रै पोखरा आउने तय भएकामा अन्तिम समयमा भारत पनि सो खेलमा भाग लिने भएपछि खेलाडी सङ्ख्या बढेको १३औँ साग प्राविधिक समितिका सचिव बलराम लामाले जानकारी दिनुभयो ।

आर्चरीका लागि ८ पुरुष र ८ महिला भारतबाट खेलाडी आउने भएका छन् । आर्चरीको १० स्वर्ण पदकका लागि भारतसहित, नेपाल, बङ्गलादेश, पाकिस्तान, भुटान र श्रीलङ्काले प्रतिस्पर्धा गर्ने भएका छन् ।
पोखरामा हुने आर्चरी, भारोत्तोलन, ह्याण्डबल, फुटबल, बिच भलिबल, ट्राइयाथोलन, ब्याडमिन्टन र महिला क्रिकेट खेलमा प्रतिस्पर्धाका लागि पुरुष भन्दा महिला खेलाडीको सङ्ख्या बढी छन् । आठ खेलका लागि ४ सय ९ जना महिला र ३२९ जना पुरुष खेलाडी सहभागी हुने छन् ।
भारतबाट पाँच खेलको लागि १८० जना खेलाडी तथा अफिसियलको सहभागिता रहने छ, जसमा ४९ जना पुरुष, ६९ जना महिला खेलाडी तथा २५ जना अफसियल रहेका छन् । भारतले महिला क्रिकेटमा भने सहभागिता जनाएको छैन ।

माल्दिभसबाट पाँच खेलमा १३६ खेलाडी तथा अफियलको सहभागिता रहेको छ ,जसमा पुरुष ४१, महिला ६१ र ३४ अफिसियलको सहभागिता रहेको छ । माल्दिभ्सले आर्चरी, भारोत्तोलन र ट्राइयाथोलनमा सहभागिता जनाएको छैन ।

बङ्गलादेशबाट ६ खेलको लागि खेलाडी तथा अफिसियल गरी १५० जनाको सहभागिता रहेको छ जसमा पुरुष ५९ जना, महिला ५५ र ३६ जना अफिसियल रहेका छन । बङ्गलादेशले महिला फुटबल र ट्राइयाथोलनमा सहभागिता जनाएको छैन ।

पाकिस्तानबाट ५ खेलमा ९४ जना खेलाडी तथा अफिसियलेको सहभागिता रहेको छ, जसमा पुरुष ३८ जना, महिला ३५ र अफिसियल २१ जनाको सहभागिता रहेको छ । पाकिस्तानले महिला फुटबल, महिला क्रिकेट र ट्राइयाथोलनमा सहभाीगता जनाएको छैन ।
श्रीलङ्काले आठ खेलमा १७५ जना खेलाडी तथा अफिसियलको सहभागिता रहेको छ । पुरुष खेलाडी ६१, महिला खेलाडी ८१ र अफिसियल ३३ जनाको सहभागिता रहेको छ ।

भुटानबाट चार खेलको लागि खेलाडी तथा अफिसियल गरी ४२ जनाको सहभागिता रहेको छ । जसमध्ये पुरुष २९, महिला ६ तथा अफिसियल सात जना रहेको छ । प्रतियोगितामा सबैभन्दा कम सहभागिता भूटानको रहेको छ । भूटानले ह्याण्डबल, महिला फुटबल, बिच भलिबल र ट्राइयाथोलनमा सहभागिता जनाएको छैन ।

पोखरामा ९ खेल हुने भनिए पनि नेपालले स्वर्णपदकको आश गरेको प्याराग्लाइडिङ भने नहुने भएको छ । सागमा २७ खेल हुने भनिए पनि २६ खेलमात्र हुने भएको छ । यसमध्ये पोखरामा ८ खेल हुनेछ ।