च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा ईङ्लिस क्लब टोटेनहम प्रवेश गरेको छ ।मंगलबार राति भएको खेलमा टोटेनहमले ग्रिसको ओलम्पियाकोसलाई ४–२ गोल अन्तरले हराउदै अघिल्लो चरणमा प्रवेश गरेको हो । मुख्य प्रशिक्षक जोसे माउरिन्होले घरेलु मैदानमा टोटेनहम आएपछिको पहिलो जित आत्मसाथ गरेका छन् । खेलको छैटौ मिनेटमा अल अरबीको गोलबाट ओलम्पियाकोसले अग्रता लिएको थियो ।
खेलको केहिसमयको अन्तरालमै बोर्गेस सेमेदोले १९ औ मिनेटमा फेरी गोल थप्दै ओलम्पियाकोसलाई अप्रत्यासीत २–० को अग्रता दिलाए । त्यसपछि प्रशिक्षक माउरिन्होले तत्काल ईरिक डायरलाई स्थान्तरण गर्दै क्रिस्टियन इरिक्सनलाई मैदान उतारे । तर पहिलो हाफको ईन्जुरी समयमा डेली अलीले गोल गर्दै टोटेनहमलाई खेलमा फर्काउन सहयोग भने गरे । तर पुनः खेलको ५० औ मिनेटमा केनले घरेलु टोलीका लागि बराबरी गोल फर्काउन सफल भएरै छाडे ।
त्यसको केहि समयमै सर्ज औरिएरले ७३ औ मिनेटमा गोल गर्दै टोटेनहमलाई ३–२ को अग्रता दिलाए र लिडमा रहन सफल रहे । त्यसपश्चात ४ मिनेटको अवधिमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमको जित सुनिश्चित गरेका थिए । समूह बीको दोस्रो स्थानको टोटेनहमले ५ खेलबाट १० अंक जोडेको छ भने ओलम्पियाकोस १ अंक सहित तालिकाको पुछारमा रहेको छ । शीर्ष क्लब बार्यन म्युनिख यसअघिनै नकआउट चरण प्रवेश गरिसकेको छ ।