३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

केनको गोलमा टोटेनहम नकआउट चरणमा प्रवेश गर्न सफल

केनको गोलमा टोटेनहम नकआउट चरणमा प्रवेश गर्न सफल
अ+ अ-

च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा ईङ्लिस क्लब टोटेनहम प्रवेश गरेको छ ।मंगलबार राति भएको खेलमा टोटेनहमले ग्रिसको ओलम्पियाकोसलाई ४–२ गोल अन्तरले हराउदै अघिल्लो चरणमा प्रवेश गरेको हो । मुख्य प्रशिक्षक जोसे माउरिन्होले घरेलु मैदानमा टोटेनहम आएपछिको पहिलो जित आत्मसाथ गरेका छन् । खेलको छैटौ मिनेटमा अल अरबीको गोलबाट ओलम्पियाकोसले अग्रता लिएको थियो ।

खेलको केहिसमयको अन्तरालमै बोर्गेस सेमेदोले १९ औ मिनेटमा फेरी गोल थप्दै ओलम्पियाकोसलाई अप्रत्यासीत २–० को अग्रता दिलाए । त्यसपछि प्रशिक्षक माउरिन्होले तत्काल ईरिक डायरलाई स्थान्तरण गर्दै क्रिस्टियन इरिक्सनलाई मैदान उतारे । तर पहिलो हाफको ईन्जुरी समयमा डेली अलीले गोल गर्दै टोटेनहमलाई खेलमा फर्काउन सहयोग भने गरे । तर पुनः खेलको ५० औ मिनेटमा केनले घरेलु टोलीका लागि बराबरी गोल फर्काउन सफल भएरै छाडे ।

त्यसको केहि समयमै सर्ज औरिएरले ७३ औ मिनेटमा गोल गर्दै टोटेनहमलाई ३–२ को अग्रता दिलाए र लिडमा रहन सफल रहे । त्यसपश्चात ४ मिनेटको अवधिमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमको जित सुनिश्चित गरेका थिए । समूह बीको दोस्रो स्थानको टोटेनहमले ५ खेलबाट १० अंक जोडेको छ भने ओलम्पियाकोस १ अंक सहित तालिकाको पुछारमा रहेको छ । शीर्ष क्लब बार्यन म्युनिख यसअघिनै नकआउट चरण प्रवेश गरिसकेको छ ।