२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ड्याबालको एक गोल एट्लेटिकोलाई पराजित गर्न काफी



अ+ अ-

च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्सले एट्लेटिको मड्रिडमाथि जित हात पारेको छ । मंगलबार राति भएको खेलमा सिरि ए क्लब युभेन्ट्सले स्पेनिस क्लब एट्लेटिकोलाई १–० गोल अन्तरले हराउन सफल रह्यो । पहिलो हाफको ईन्जुरी समयमा गोल गर्दै पाउलो ड्याबलाले युभेन्ट्सलाई जित दिलाएका हुन् ।

युभेन्ट्सका ड्याबालाले फ्रि किकबाट गोल गर्दै एट्लेटिकोलाई मैदानमा हार चखाए । समूह डीमा युभेन्ट्सले शीर्ष स्थानमा रहँदै अघिल्लो चरण प्रवेश गर्ने निश्चित गर्यो । युभेन्ट्सले ५ खेलबाट १३ अंक जोड्यो र एट्लेटिको मड्रिड ७ अंक जोडि दोस्रो स्थानमा रहेको छ ।

एट्लेटिकोको अर्को महिना रुसको लोकोमोटिभ मस्कोसंग खेली जित हासिल गरेको अवस्थामा स्पेनिस क्लब समेत नकआउट चरणमा पुग्नेछ ।