च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्सले एट्लेटिको मड्रिडमाथि जित हात पारेको छ । मंगलबार राति भएको खेलमा सिरि ए क्लब युभेन्ट्सले स्पेनिस क्लब एट्लेटिकोलाई १–० गोल अन्तरले हराउन सफल रह्यो । पहिलो हाफको ईन्जुरी समयमा गोल गर्दै पाउलो ड्याबलाले युभेन्ट्सलाई जित दिलाएका हुन् ।
युभेन्ट्सका ड्याबालाले फ्रि किकबाट गोल गर्दै एट्लेटिकोलाई मैदानमा हार चखाए । समूह डीमा युभेन्ट्सले शीर्ष स्थानमा रहँदै अघिल्लो चरण प्रवेश गर्ने निश्चित गर्यो । युभेन्ट्सले ५ खेलबाट १३ अंक जोड्यो र एट्लेटिको मड्रिड ७ अंक जोडि दोस्रो स्थानमा रहेको छ ।
एट्लेटिकोको अर्को महिना रुसको लोकोमोटिभ मस्कोसंग खेली जित हासिल गरेको अवस्थामा स्पेनिस क्लब समेत नकआउट चरणमा पुग्नेछ ।