२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी

मानवसेवा आश्रमद्वारा छ हजार २७५ को उद्धार, दुई हजार ४२५ जनाको पुनर्मिलन

मानवसेवा आश्रमद्वारा छ हजार २७५ को उद्धार, दुई हजार ४२५ जनाको पुनर्मिलन
अ अ+ अ-

वाग्मती । मानव सेवा आश्रम स्थापना भएको नौ वर्ष पुगेको छ । नेपाललाई सहयोगापेक्षी सडक मानवरहित बनाउने उद्देश्यका साथ स्थापना भएको आश्रमले विगत नौ वर्षमा छ हजार २७५ जनालाई उद्धार गरेको छ । 

उद्धार गरिएका सडक मानवमध्ये सो अवधिमा दुई हजार ४२५ जनालाई परिवारसँग पुनर्मिलन गराएको आश्रमले जनाएको छ । मानव आश्रमका होमना पौडेलले उद्धार गरिएकामध्ये आश्रमबाट एक हजार ६७ जना उपचारपश्चात् स्वेच्छाले घर फर्केका छन् भने ६३४ जना आश्रमको संरक्षणमा रहँदा निधन भएको जानकारी दिनुभयो । 

आश्रमका अनुसार हालसम्म ३५४ जनाको सामुदायिक पुनःस्थापना भएको छ । हाल आश्रमका सातै प्रदेशको १७ जिल्लामा २३ सेवा केन्द्रमार्फत एक हजार ५६७ जना आश्रित रहेका छन् । आश्रमको मुख्य कार्यालय हेटौँडामा रहेको छ । सो कार्यालयबाट हालसम्म एक हजार ३५५ जनाको उद्धार भएको छ भने ७३६ जनाको पारिवारिक मिलन गराइएको छ । उपचारपश्चात स्वेच्छाले ३३६ जना घर फर्केका छन् भने १४७ को आश्रममा निधन भएको आश्रमले जनाएको छ । साथै ४३ जनाको सामूदायिक पुनःस्थापना गरिएको छ । हाल हेटौँडा आश्रममा १६७ जना आश्रित रहेको पौडेलले बताउनुभयो ।

मानवसेवा आश्रमले सडकमा बेवारिसे अवस्थामा रहेका मानिसको उद्धार गरी उनीहरुलाई पुनःस्थापना गर्ने र स्वास्थ्यावस्था राम्रो भएपछि घर परिवारबारे जानकारी लिने गरेको छ । परिवारबारे जानकारीपछि  पुनःमिलन गराउने गरिएको उहाँको भनाइ छ । आश्रममा आश्रय लिएका अधिकांश मासिक सन्तुलन गुमाएका र घरबारविहिन रहेका हुन्छन् । उद्धार गरिएका व्यक्तिले आश्रममा आफ्नो इच्छाअनुसार कामगर्ने गरेको बताइएको छ । आश्रमको आर्थिक वर्ष २०७७/७८ मा कूल आम्दानी रु २३ करोड  ९६ लाख ७९ हजार  ३९५ र खर्च रु १२ करोड ७८ लाख ५८ हजार २२१ तथा बचत रु ११ करोड १८ लाख २१ हजार १७४ रहेको आश्रमले जनाएको छ । 

आश्रमलाई तीनै तहका सरकारी निकाय, अन्य सङ्घसंस्था र व्यक्तिबाट सो रकम प्राप्त भएको हो । आश्रममा प्रत्येक महिनाको पहिलो हप्तामा मानसिक रोग विशेषज्ञबाट उपचार हुने गरेको छ । आश्रममा सेवाका लागि दुई नर्सको व्यवस्था गरिएको छ । आश्रममा महिला र पुरुष छुट्टै राख्ने व्यवस्था गरेको छ । नेपालको सडक मानवमुक्त घोषणा अभियानलाई सार्थक बनाउन सो संस्था लागेको पौडेलको भनाइ छ ।