३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

भलिबलमा स्वर्ण जित्ने नेपालको लक्ष्य

भलिबलमा स्वर्ण जित्ने नेपालको लक्ष्य
अ+ अ-

काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) को औपचारिक उद्घाटनको चार दिन अगाडि नै भलिबल खेल शुरु हुने भएको छ । औपचारिक उद्घाटन यही मङ्सिर १५ गते हुनेछ तर महिला र पुरुष भलिबल खेल भने आजदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा हुन लागेको हो । नेपालको पुरुष र महिला भलिबल टोलीले आजै समूहचरणको पहिलो खेल खेल्दैछन् ।
सागमा स्वर्णपदक भित्र्याउने लक्ष्य लिएको महिला भलिबल टोलीले बङ्गलादेशसँग पहिलो खेल खेल्दैछन् । सागमा महिला भलिबको इतिहास खासै लामो छैन । तीन पटक सहभागिता जनाएको महिला भलिबल टोलीले रित्तो हात फर्कनु परेको छ्रैन ।

महिला भलिबल टोलीले सन् १९८७ मा औपचारिक रुपमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न शुरु गरेको थियो । सन् १९९९ मा नेपालले घरेलु मैदानमा दोस्रो पटक आयोजना गरेको आठौँ सागदेखि महिला भलिबलले सहभागिता जनाउन थालेको हो । त्यतिबेला काठमाडौँमा भएको खेलमा नेपालले कास्य पदक हात पारेको थियो ।

सन् २००६ मा श्रीलङ्काको कोलम्बोमा भएको दशौँ सागमा महिला भलिबल टोलीले दोस्रो पटक सहभागिता जनायो । त्यतिबेला पनि नेपालले कास्यपदक नै पायो । त्यसपछि नेपालले सन् २०१४ मा भारतमा भएको १२आँै सागमा तेस्रो पटक सहभागिता जनायो । १२औँ सागमा नेपालले कास्य पदक नै प्राप्त गरेको थियो । तर गत कात्तिक महिनामा बङ्गलादेशमा भएको प्रथम एभिसी सेन्ट्रल जोनमा पहिलो पटक ऐतिहासिक सफलता हासिल हासिल ग¥यो ।

नेपाली महिला टोलीले ‘सेन्ट्रल जोन’मा माल्दिभ्सलाई ३–० को सोभो सेटमा पराजित गर्दै भलिबलको इतिहासमा पहिलो पटक अन्तर्राष्ट्रिय स्वर्ण पदक जित्न सफल भयो । दक्षिण एशियामै सधैँ तेस्रो बन्ने महिला भलिबल टोलीलाई यसपटकको सागमा नयाँ इतिहास कायम गर्ने मौका छ । यसपटकको सागमा पहिलेको भन्दा राम्रो पदर्शन गर्ने धेरैले अपेक्षासमेत गरेका छन् ।
नेपाली महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले बङ्गलादेशमा भएको एभिसी सेन्ट्रल जोनमा पाएको सफलताले पनि खेलाडीमा आत्मबल बढेको भन्दै प्रतियोगितामा उत्कृष्ट नजिता ल्याउने विश्वास व्यक्त गर्नुभयो । घरेलु मैदानको फाइदा उठाउँदै उत्कृष्ट प्रदर्शन गर्ने हाम्रो योजना छ,’ प्रशिक्षक भट्टले रासससँग भन्नुभयो । नेपालको मुख्य चुनौती भनेको भारत र श्रीलङ्का हो ।

यता राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले आफ्नो टोलीको लक्ष्य स्वर्ण पदक जित्नु रहेको बताउनुभयो । सागमाा नेपाल समूह एमा परेको छ । नेपालको समूहमा भारत र बङ्गलादेश छन् । नेपालभन्दा बङ्गलादेश कमजोर मानिएको छ । सोही कमजोरीको फाइदा उठाउँदै नेपाली महिला टोलीले उद्घाटन खेलमा बङ्गलादेशलाई हराएर प्रतियोगितामा सुखद शुरुवात गर्ने अपेक्षा गरिएको छ । खेल दिउँसो ३ बजे हुनेछ ।
आजै माल्दिभ्स र पाकिस्तानबीच पनि अर्को खेल हुनेछ । नेपाली महिला भलिबल टोलीमा कप्तान अरुणा शाहीसहित जानकी भण्डारी, प्रतिभा माली, सरस्वती चौधरी, रेश्मा भण्डारी, सलिना श्रेष्ठ, निरुता ठगुन्ना, सोफिया पुन, उषा विष्ट, सुनिता खड्का, कमला पुन र पुनम चन्द रहेका छन् ।

त्यसैगरी आजै हुने पुरुष भलिबलतर्फको अर्को खेलमा पनि नेपालले बङ्गादेशसँगै खेल्नेछ । खेल साँझ ७ बजेपछि शुरु हुनेछ । पुरुष भलिबलमा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भारत र बङ्गलादेश छन् । त्यस्तै समूह ‘बी’ मा पाकिस्तान, श्रीलङ्का र माल्दिभ्स रहेका छन् । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।