१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनामा न्याय, क्षतिपूर्ति र दोषीमाथि कारबाही हुने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस



फाईल फोटो
अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने सार्वजनिक यातायात बसपार्कबाटै सञ्चालन हुन थालेका छन् ।

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलका अनुसार व्यवसायीसँगै नेपाल प्रहरी, ट्राफिक प्रहरी, वडा कार्यालय र बसपार्क सञ्चालन व्यवस्थापनमा काम गर्ने पक्षसँग चरणबद्ध छलफल गरेर बसपार्कबाट बस सञ्चालन गरिएको हो । व्यवसायीसँगको समझदारीमा सेवा स्थानान्तरण गर्न समय दिएर समस्या समाधान गरिएको उहाँले बताउनुभयो ।

सार्वजनिक यातायात बसपार्कभित्रबाट सञ्चालन भएपछि चक्रपथ करिडोरमा सवारी पार्किङ्कको समस्या न्यूनीकरण भएको छ । सडक किनारामा गाडी रोकेर यात्रु चढाउँदा र ओराल्दा हुने दुर्घटनाको जोखिमसमेत समाधान भएको छ ।

कार्यवाहक प्रमुख डङ्गोलले भन्नुभयो, “सहरी सुविधा वितरण तथा विकास व्यवस्थापनमा विवाद समाधान गर्न यो अनुकरणीय उदाहरण हो । यसमा सबै पक्षको जित भएको छ । निर्णय कार्यान्वयन गर्दा कसैलाई नोक्सान पुगेको छैन । यसरी प्राप्त उपलब्धिलाई संस्थागत गर्ने र थप सुधार गर्ने कामलाई प्राथमिकता दिइनेछ ।”

यसअघि २०८२ चैत २५ गते सार्वजनिक सूचना प्रकाशन गरेर लामो र छोटो दूरीका बस सेवा बसपार्क भित्रबाट एकीकृत रूपमा सञ्चालन गर्न अनुरोध गरिएको थियो ।

सोअनुसार नुवाकोटतर्फका यातायात सञ्चालन गर्ने कम्पनीहरु सम्पर्कमा आएको पनि धादिङतर्फ सञ्चालन हुने यातायात व्यवसायीहरु सम्पर्कमा नआएपछि पुनः तीन दिनको समय दिइएको थियो ।

प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहका अनुसार काठमाडौँबाट दैनिक औसतमा सात सय सार्वजनिक यातायातका साधन बाहिरिने गरेकामा करिब ३५० वटा सवारीसाधन बसपार्क बाहिरै पार्किङ हुने गरेका थिए । यहाँ एकीकृत बसपार्क सञ्चालन भए त्यो समस्या समाधान हुने उहाँले बताउनुभयो ।

ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लका अनुसार हाले नुवाकोटतर्फ सञ्चालन हुने करिब ६५ वटा र धादिङतर्फ चल्ने करिब ९० वटा सवारीसाधन बसपार्कभित्रबाट सञ्चालन हुन थालेका छन् ।

बसपार्कमा लामो दूरीको एउटा सवारीसाधन नौ घण्टा पार्किङ गरेमा रू चार सय ५० शुल्क लिने गरिएको छ । मध्यम तथा छोटो दूरीका माइक्रो बसको रु दुई सय २०  लिने गरिएको मल्लले बताउनुभयो ।

बसपार्कबाट औसतमा दैनिक तीन सय ४० वटा गाडी आउने जाने गर्छन् । नयाँ बसपार्क क्षेत्र एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको छ भने यहाँ सात सय ५० वटा सवारीसाधन व्यवस्थापन गर्न सकिन्छ । रासस