६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट



अ+ अ-

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानको पछिल्लो शान्ति प्रस्तावमा असन्तुष्ट रहेको अमेरिकी मिडियाले रिपोर्ट गरेका छन् ।

प्रस्तावले होर्मुज खोल्ने र इरानको बन्दरगाहहरूमा अमेरिकी सैन्य नाकाबन्दी अन्ये गर्ने प्रयासलाई प्राथमिकतामा राखी आणविक विषयलाई समावेश नगरेको ह्वाइट हाउस अधिकारीलाई उद्धृत मिडियाले रिपोर्ट गरेका छन् ।

राष्ट्रपति ट्रम्पले सोमबार ह्वाइट हाउसमा भएको बैठकमा आफ्ना शीर्ष अधिकारीहरूसँग इरानको प्रस्तावबारे छलफल गरेको जनाइएको छ । ट्रम्पले इरानको प्रस्ताव स्वीकार गर्ने सम्भावना नरहेको बैठकका सहभागीहरुलाई उदृत गर्दै सिएनएनले जनाएको छ ।

अधिकारीलाई उदृत गर्दै द न्यूयोर्क टाइम्सले इरानी प्रस्ताव जस्ताको तेस्तै स्वीकार गर्दा ट्रम्पले बारम्बार भन्दै आएको इरानले आणविक हतियार राख्न नहुने विषय ओझेलमा पर्ने जनाएको छ ।

फक्स न्यूजसँगको अन्तर्वार्तामा, अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इरानको नयाँ प्रस्ताव समग्रमा राम्रै रहेता पनि तेहरानलाई आणविक हतियार विकास गर्नबाट रोक्नुपर्ने कुरामा जोड दिनु भएको छ ।

यस अघि ट्रम्पले इरानसँगको कुनै पनि शान्ति सम्झौता तोकिएको समयमा हुने कुरामा जोड दिँदै इरानसँगको युद्ध समाप्त गर्न युद्धविराम वा वार्तामा कुनै किसिमको दबाब नरहेको बताएका थिए ।