१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनामा न्याय, क्षतिपूर्ति र दोषीमाथि कारबाही हुने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याद गुज्रिएका ३० कार्टुन पेय पदार्थ बरामद



फाइल फोटो
अ+ अ-

झापा। ‘हेल्लो सरकार’मा उजुरी परेपछि मेचीनगर नगरपालिका, जिल्ला प्रशासन कार्यालय झापा, नेपाल प्रहरी र उपभोक्ता जागरण अभियान नेपालको संयुक्त टोलीले पूर्वीनाका काँकडभिट्टामा सोमबार बजार अनुगमन गरेको छ ।

अनुमगनका क्रममा नौ वटा पसलबाट ३० कार्टुन म्याद गुज्रिएका पेय पदार्थ बरामद गरिएको हो । अनुगमनमा खटिएको टोलीले बिक्रीका लागि पसलमा राखिएको अवस्थामा कोकाकोला, फेन्टा, स्प्राइट, किन्लेलगायत म्याद गुज्रिएका पेय पदार्थ फेला पारेको मेचीनगर नगरपालिकाका खाद्य अधिकृत दिपेन्द्र कार्कीले बताउनुभयो ।

संयुक्त अनुगमन टोलीले काँकडभिट्टा बजारका कुमार कोल्ड सेन्टर, केआर कोल्ड सेन्टर, पौडेल ब्रदर्श स्टोर्स, कृष्ण ट्रेडर्स, भट्टराई भेराइटिज, विनोद सङ्गम किराना पसल, कञ्चन कोल्डस्टोर र आरुस स्टोर्समा अनुगमन गरेको थियो ।

अनुगमनका गरिएका पसलबाट बरामद गरिएका म्याद गुज्रिएका पेय पदार्थलाई जफत गरेर रितपूर्वक नष्ट गरिएको उहाँले बताउनुभयो । खान अयोग्य पेयपदार्थ विक्री गर्ने पसलेलाई कारबाहीस्वरुप सचेत गराउनुका साथै तीन दिनभित्र नगरपालिका कार्यालयमा सम्पर्क राख्न निर्देशन दिइएको कार्कीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री नेतृत्वमा रहेको हेल्लो सरकारमा स्थानीय उपभोक्तले काँकडभिट्टा बजारमा म्याद गुज्रिएका सामान खुलेआम बिक्रीवितरण भइरहेको उजुरी गरेका थिए । ‘हेल्लो सरकार’मा परेको उजुरीलाई जिल्ला प्रशासन कार्यालयमा कार्यान्वयनका लागि पठाइएपछि अनुगमन भएको जनाइएको छ । रासस