१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनामा न्याय, क्षतिपूर्ति र दोषीमाथि कारबाही हुने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

असिना–पानीले क्षतिग्रस्त बालीको अनुगमन



अ+ अ-

काभ्रेपलाञ्चोक। शनिबार र आइतबारको असिना–पानीले क्षति पु¥याएको धुलिखेल र पनौती नगरपालिका क्षेत्रका बालीको अनुगमन गरिएको छ ।

प्रतिनिधिसभा सांसद मधुकुमार चौलागाईंसहित स्थानीय जनप्रतिनिधि, जिल्ला कृषि विकास कार्यालयका प्राविधिलगायतको टोलीले दुवै नगर क्षेत्रका विभिन्न स्थानमा पुगेर आज क्षतिको अनुगमन गरेका हुन् । त्यस क्रममा धुलिखेलको वडा नं १, ११ र १२ तथा पनौतीको वडा नं ६, ८, ९ र १० का खेतबारीमा लगाइएको आलु तथा तरकारीखेती र अन्य फलफूलमा पुगेको क्षतिबारे जानकारी लिइएको थियो ।

अनुगमनका क्रममा सांसद चौलागार्इंले क्षतिको एकीन विवरण वडा कार्यालयलाई उपलब्ध गराउन आग्रह गर्नुभयो । “क्षतिको एकीन विवरण आएपछि पीडित कृषकलाई भेदभाव नगरी राहत उपलब्ध गराउन पहल गर्छु, यसका लागि संसद्मा पनि विषय उठान गर्नेछु”, उहाँले भन्नुभयो,“प्रारम्भिक रूपमा हेर्दा कृषकको ९५ प्रतिशत आलुबाली तथा अन्य फलफूलमा क्षति पुगेको पाइएको छ ।”

पनौती–१० सुन्धान ईट्टेका अप्सरा कुँवरले आफ्नो संयुक्त परिवारको करिब १५ रोपनी खेतको आलुबाली असिना–पानीले क्षतिग्रस्त बनाएको जानकारी गराउनुभयो । उहाँले सूडीखोला छेउमा भएकाले आफ्नो आलुखेत डुबानमा परी बर्सेनि क्षति हुने गरेको गुनासो गर्नुभयो । जवाफमा सांसद खोला व्यवस्थित गर्नका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यसैबीच जिल्ला कृषि विकास कार्यालयले वर्षाका कारण बालीनाली तथा फलफूलमा पुगेको क्षतिको विवरण सङ्कलन थालिएको जनाएको छ । स्थानीय तहसँग समन्वय गरी क्षतिको विवरण लिन थालिएको कार्यालयका अधिकृत रामशरण मिजारले जानकारी दिनुभयो । रासस