• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   विपद् प्रतिकार्यका लागि रेडक्रसले ७७ वटै जिल्लामा खटायो तालिमप्राप्त स्वयंसेवक ★   सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी ★   मनाङको बाटो सधैँ जोखिमपूर्ण ★   प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ ★   युरो कपको क्वाटरफाइनल खेल्ने सबै टोलीको टुंगो लाग्यो, यी ८ टोलीबीच हुनेछ भिडन्त ★   महामन्त्री ढकालको प्रतिवेदन हुबहु सार्वजनिक गरिने ★   भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो ★   ब्रिटिस कलेज बन्यो नेपालकै पहिलो ‘पोजेटिभ इम्प्याक्ट रेटिङ’ प्राप्त गर्ने शैक्षिक संस्था ★   मुकुल ढकालले भनेः मैले बिहे गर्ने कि, कुमारै बस्ने पार्टीले निर्णय गरोस् ★   सहिदको स्मृतिमा उद्यान निर्माण

राति धेरै सुत्नेलाई एक लाख दिने



काठमाडौं । भारतमा वेकफिट नामक स्टार्टअप कम्पनीले सुत्न मन पराउनेहरूका लागि इन्टर्नशिप कार्यक्रम ल्याएको छ । इन्टर्नशिप गर्न आउनेले सुते मात्र पुग्छ ।

आफ्नो वेबसाइटमा यस्तो अफर राखेर कम्पनीले मानिसहरूलाई निवेदन दिन लगाएको छ ।

अवसर आउनेबित्तिकै भुसुक्क निदाउन सक्ने तथा भयंकर अनुराग भएको मानिसलाई जागिर दिन लागिएको वेबसाइटमा उल्लेख छ । यस्तो जागिर खानका लागि पैजामा लगाउनुपर्छ भनी रमाइलो पारामा लेखिएको छ ।

यो जागिर खाउन्जेल १०० दिनसम्म प्रत्येक रात नौ घन्टा सुत्नुपर्छ अनि त्यसो गरेबापत एक लाख भारु पाइन्छ ।

‘हामीहरू देशमा बस्ने उम्दा सुतुवाहरूलाई भर्ना गर्दैछौं । जीवनमा निद्रालाई प्राथमिकता दिनका लागि जुनसुकै कदम चाल्नेहरू यसका लागि योग्य छन् । स्लीप इन्टर्नशिप पहलले राम्रो निद्रामा ध्यान दिनेहरूलाई प्रशंसा गरेर निद्राजन्य स्वास्थ्यलाई जोड दिएको छ,’ वेकफिट डट् कोका निर्देशक तथा सहसंस्थापक चैतन्य रामालिंगेगौडाले बताए ।

कम्पनीले इन्टर्नहरूको निद्रा संरचनालाई निरीक्षण गर्नेछ । उनीहरूलाई परामर्श सत्रमा राखिनेछ र निद्रा ट्य्राक गरिनेछ । यसले कम्पनीलाई सुत्नुअघि र पछिको निद्रा अनुभव निरीक्षण गर्न सहायता गर्नेछ ।