८ भाद्र २०८३, सोमबार
,
Latest
गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो राष्ट्रिय जुनियर टेनिसमा शास्वत र सुरेन्द्र च्याम्पियन स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राति धेरै सुत्नेलाई एक लाख दिने



अ+ अ-

काठमाडौं । भारतमा वेकफिट नामक स्टार्टअप कम्पनीले सुत्न मन पराउनेहरूका लागि इन्टर्नशिप कार्यक्रम ल्याएको छ । इन्टर्नशिप गर्न आउनेले सुते मात्र पुग्छ ।

आफ्नो वेबसाइटमा यस्तो अफर राखेर कम्पनीले मानिसहरूलाई निवेदन दिन लगाएको छ ।

अवसर आउनेबित्तिकै भुसुक्क निदाउन सक्ने तथा भयंकर अनुराग भएको मानिसलाई जागिर दिन लागिएको वेबसाइटमा उल्लेख छ । यस्तो जागिर खानका लागि पैजामा लगाउनुपर्छ भनी रमाइलो पारामा लेखिएको छ ।

यो जागिर खाउन्जेल १०० दिनसम्म प्रत्येक रात नौ घन्टा सुत्नुपर्छ अनि त्यसो गरेबापत एक लाख भारु पाइन्छ ।

‘हामीहरू देशमा बस्ने उम्दा सुतुवाहरूलाई भर्ना गर्दैछौं । जीवनमा निद्रालाई प्राथमिकता दिनका लागि जुनसुकै कदम चाल्नेहरू यसका लागि योग्य छन् । स्लीप इन्टर्नशिप पहलले राम्रो निद्रामा ध्यान दिनेहरूलाई प्रशंसा गरेर निद्राजन्य स्वास्थ्यलाई जोड दिएको छ,’ वेकफिट डट् कोका निर्देशक तथा सहसंस्थापक चैतन्य रामालिंगेगौडाले बताए ।

कम्पनीले इन्टर्नहरूको निद्रा संरचनालाई निरीक्षण गर्नेछ । उनीहरूलाई परामर्श सत्रमा राखिनेछ र निद्रा ट्य्राक गरिनेछ । यसले कम्पनीलाई सुत्नुअघि र पछिको निद्रा अनुभव निरीक्षण गर्न सहायता गर्नेछ ।