१३ श्रावण २०८३, बुधबार
,
Latest
सुनसरी घटना: रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै गुरु किन चाहियो ?  सुनसरी घटना: आक्रोश, बदलाको भावना र उत्तेजनामा नबग्न प्रधानमन्त्री शाहको अपिल सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रगढी महिला गोल्डकप : एपिएफ फाइनलमा



अ+ अ-

झापा।  मेची रङ्गशालामा जारी प्रथम ‘ओम साई पाथिभरा चन्द्रगढी महिला गोल्डकप’ फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ ।

एपिएफले चर्च ब्वाइज युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधिनजिक पुगेको हो । आगामी सोमबार हुने फाइनल खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । खेलको ३४औँ मिनेटमा रश्मीकुमारी घिसिङले गोल गर्दै एपिएफलाई अग्रता दिलाइन् । कुसुम खतिवडाको क्रस पास अनिता बस्नेत हुँदै आएको बललाई घिसिङले जाली चुमाएकी थिइन् ।

पहिलो हाफमा १–० ले अगाडि रहेको एपिएफले दोस्रो हाफमा थप दुई गोल ग¥र्यो । ४९औँ मिनेटमा कप्तान अनिता बस्नेतले गोल गर्दै अग्रता दोब्बर पारिन् । रश्मीकुमारी घिसिङको पासमा बस्नेतले गोल गरेकी थिइन् ।

बैसट्ठीऔँ मिनेटमा रश्मीकुमारी घिसिङले व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफको जित सुनिश्चित गरिन् । खेलभरि एपिएफले आक्रामक खेल प्रस्तुत गर्दा चर्च ब्वाइजले रक्षात्मक रणनीति अपनाएको थियो । खेलको ‘प्लेयर अफ द म्याच’ एपिएफकी रेनुका नगरकोटी घोषित भइन् । उनले नगद रु ११ हजार पुरस्कार प्राप्त गरिन् ।

प्रतियोगिताको विजेताले रु ११ लाख तथा उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । साथै, सर्वोत्कृष्ट खेलाडीलाई नगद रु एक लाख तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही रु २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । रासस