१३ श्रावण २०८३, बुधबार
,
Latest
सुनसरी घटना: रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै गुरु किन चाहियो ?  सुनसरी घटना: आक्रोश, बदलाको भावना र उत्तेजनामा नबग्न प्रधानमन्त्री शाहको अपिल सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन संरक्षणलाई आयआर्जनमुखी बनाउन आग्रह



फाइल फोटो
अ+ अ-

रसुवा। जिल्लामा सामुदायिक वन व्यवस्थापनलाई थप सुदृढ बनाउँदै स्थानीय समुदायको आयआर्जनसँग जोड्न आग्रह गरिएको छ ।

यहाँको त्रिशूलीपारीका वनजङ्गललाई प्रभावकारी संरक्षण गर्दै फलफूलबाट आर्थिक लाभ लिने लक्ष्यसहित छलफल अगाडि बढाइएको पनि डिभिजन वन कार्यालयाले जनाएको छ ।

त्यसका लागि शुक्रबार ‘रसुवाका सामुदायिक वनको वर्तमान अवस्था, चुनौती, अवसर तथा जलवायु परिवर्तनको प्रभाव’ विषयक अन्तरक्रिया आयोजना गरी सुझाव सङ्कलन गरिएको डिभिजन वन अधिकृत शम्भु तामाङले जानकारी दिनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरणमन्त्री भरतबहादुर केसीले वन संरक्षणलाई फलफूल तथा आयमूलक बिरुवा रोपनमार्फत स्थानीय समुदायको आर्थिक अवस्था सुधार गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले सामुदायिक वनलाई उत्पादनमुखी र व्यवस्थित बनाउन आग्रह गर्नुभयो ।

मन्त्रालयका सचिव डा केदार बरालले जलवायु परिवर्तन न्यूनीकरणमा वनको भूमिका महत्त्वपूर्ण रहेकाले वृक्षरोपण, संरक्षण नीति कार्यान्वयन र समुदायको सक्रिय सहभागितामा जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख अशोककुमार घिमिरे,  प्रदेशसभा सदस्य इन्द्रप्रसाद गोतामे, सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीलगायतले आफ्नो धारणा राख्नुभएको थियो । रासस