२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको राशिफल – २०७८ पुस १० गते, शनिबार



अ+ अ-

२०७८ पुस १० गते, शनिवार, २५ डिसेम्बर २०२१। पाैष कृष्णपक्ष षष्ठी तिथि, १६ः०९ बजेपछि सप्तमी। पूर्वफाल्गुनी नक्षत्र। चन्द्रराशि– सिंह।

 

मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। निर्णय लिन केही अलमल भए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

हतारमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ, सजग रहनुहोला। अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग पनि सावधान रहनुहोला। केही समस्या देखिए पनि आँटेको काम सम्पादन हुने समय छ। प्रयत्न गर्दा साथीभाइसँगको असमझदारी सम्झौतामा टुंगिनेछ।  

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। प्रतिस्पर्धामा उत्रनुपरे पनि मिहिनेतले उपलब्धि हातपार्न सकिनेछ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहाेला।विभिन्न अवसरले सफलताको यश पनि दिलाउन सक्छ। भौतिक साधन जुट्नाले दिगो योजना अघि बढ्नेछ।  

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। तापनि बुद्धिले काम लिँदा योजना अघि बढ्नेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ।  

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। तर काममा प्रतिस्पर्धी बढ्नेछन् भने सहयोगीहरू टाढिन सक्छन्।   

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्न सक्छ। फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। श्रमको उचित मूल्यांकन हुनेछ भने उठ्नुपर्ने रकम तत्काल हातलागी हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

श्रम परे पनि लगनशीलताले उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ। मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

प्रयत्न गर्दा अवसर पाइनेछ। परोपकारी काममा सहभागी भइनेछ। मिहिनेत गर्दा राम्रै फाइदा हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। शुभचिन्तकहरूले साथ दिनाले चुनौती समाप्त होला। काम देखाएर फाइदा उठाउन सकिनेछ।   

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। समस्या दर्साउँदा सहयोगी फेला पर्नेछन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ।   

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ अवसरले काममा उत्साह जगाउनेछ। व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ।   

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

वादविवादमा अलमलिनुपर्दा काममा बाधा पुग्नेछ। ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। विवादबाट जोगिँदै समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला।  (उप प्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४)