२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोखोमा नेपालको जित



अ+ अ-

काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत आज भएको खोखोको पुरुषतर्फको खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको छ । कीर्तिपुरमा भएको खेलमा नेपालले बङ्गलादेशलाई २१–१९ अङ्कले पराजित गर्दै प्रतियोगितामा सुखद् शुरुआत गरेको हो । जितसँगै नेपालले तीन अङ्क जोडेको छ । खोखोमा नेपालले पहिलोपटक बङ्गलादेशलाई पराजित गरेको हो ।

पहिलो इनिङको पहिलो टर्नमा चेन्जिङ गरेको नेपालले १२ अङ्क जोड्दा दोस्रो टर्नमा बङ्गलादेशले पनि १२ नै अङ्क जोड्यो । दोस्रो इनिङको पहिलो टर्नमा नौ अङ्क जोड्दा नेपाल २१–१२ को स्थितिमा पुग्यो । तेस्रो टर्नमा बङ्गलादेशले सात अङ्क जोड्दा नेपाल २१–१९ ले विजयी भयो । नेपालको जितमा धनप्रसाद चौधरी, कुशल मेछे र गणेश विश्वकर्माले समान चार÷चार अङ्क जोडे ।

नेपालले भोलि दोस्रो खेलमा भारतको सामना गर्नेछ । आज नै भएको अर्को खेलमा भारतले श्रीलङ्कालाई २१–८ अङ्कले पराजित ग¥यो । त्यस्तै महिलातर्फको आजै भएको खेलमा नेपाली महिला टोलीले बङ्गलादेशलाई ११–९ अङ्कले पराजित गर्दै प्रतियोगितामा सुखद् शुरुआत गरेको छ । जितसँगै नेपाली महिला टोलीले तीन अङ्क जोडेको छ ।

पहिलो इनिङमा रनिङ रोजेको नेपालले पहिलो टर्नमा ११ अङ्क जोड्यो । दोस्रो टर्नमा चेन्जिङ गरेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै बङ्गलादेशलाई जम्मा पाँच अङ्क जोड्न दियो । पहिलो इनिङको समाप्तिमा नेपाल ११–५ को बलियो स्थितिमा रह्यो । दोस्रो इनिङको पहिलो टर्नमा बङ्गलादेशले चार अङ्क मात्रै जोडेपछि नेपाल एक टर्न अगाडि नै जित निकाल्न सफल भयो । नेपाली महिला टोलीले भोलि भारतको सामना गर्नेछ ।