१ आश्विन २०८३, बिहीबार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कूटनीतिक सक्रियतासँगै मल आपूर्ति सुनिश्चित गर्न सरकारको पहल



अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरण मन्त्री गीता चौधरीले रासायनिक मल आपूर्तिलाईञ उच्च प्राथमिकतामा राख्दै कूटनीतिक पहल तीव्र पार्नुभएको छ।

मन्त्री चौधरीले परराष्ट्र मन्त्री शिशिर खनालसँग भेटवार्ता गर्दै मल आपूर्तिमा देखिएको समस्या समाधानका लागि परराष्ट्र मन्त्रालयमार्फत सक्रिय पहल अघि बढाउन आग्रह गर्नुभएको हो।

पश्चिम एशियामा विकसित भएको संकटका कारण अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा आएको अवरोधलाई ध्यानमा राख्दै आपूर्ति व्यवस्थापन सहज बनाउन सरकार सक्रिय बनेको मन्त्रालयले जनाएको छ।

हाल उपलब्ध रासायनिक मलको मौज्दात व्यवस्थापनका लागि मन्त्रालयले सम्बन्धित निकायहरूलाई आवश्यक जानकारी गराइसकेको छ। सरकारी तथ्यांकअनुसार हालको मौज्दात असार महिनासम्म पुग्ने अनुमान गरिएको छ।

यसपछिको आवश्यकता पूर्ति गर्न सरकारले थप १ लाख ५० हजार मेट्रिक टन रासायनिक मल जी–टु–जी (सरकार–सरकार) माध्यमबाट खरिद गर्ने निर्णय गरिसकेको छ। २०७९ चैत १९ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार परराष्ट्र मन्त्रालयमार्फत भारतीय पक्षसँग समन्वय प्रक्रिया अघि बढाइएको छ भने नेपालस्थित भारतीय दूतावाससँग पनि आवश्यक संवाद भइरहेको जनाइएको छ।

यसैबीच, सम्भावित अभावलाई मध्यनजर गर्दै वैकल्पिक स्रोतबाट मल आपूर्ति सुनिश्चित गर्नका लागि पनि सरकारले समानान्तर पहल गरिरहेको मन्त्रालयले जनाएको छ।