२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेस्सीको निर्णायक गोलमा बार्सिलोनाको जित, रियल मड्रिडलाई पछि पार्दै शीर्ष स्थानमा



अ+ अ-

बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । एट्लेटिको मड्रिडमाथि १–० गोलको साँघुरो जित निकाल्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो । खेल आइतबार राति एट्लेटिकोको मैदानमा भएको थियो । बार्सिलोनाका लागि निर्णायक गोल कप्तान फुटबल स्टार लियोनल मेस्सीले गरेका थिए ।

खेलमा पहिलो हाफसम्म गोलरहित बराबरीमा सकिएको थियो । तर खेलको ८६ औं मिनेटमा फुटबल स्टार मेस्सीले निर्णायक गोल गर्न सफल भई नै हाले । जितसँगै बार्सिलोनाले १४ खेलबाट ३१ अंक जोड्दै रियल मड्रिडलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो ।

दोस्रो स्थानको रियलको पनि ३१ अंक छ । तर, गोल अन्तरमा बार्सिलोना अघि रहेको छ । एट्लेटिको २५ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।