२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटालियन सिरी ‘ए’ मा युभेन्ट्स शीर्ष स्थानमा कायम



अ+ अ-

इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्स बराबरीमा रोकिएको छ । आइतबार भएको खेलमा सासोउलोसँग २–२ गोलको बराबरीमा युभेन्ट्स रोकिन परेको हो । लियोनार्दो बोनुचीले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । तर, २२ औं मिनेटमा जेरीमी बोगाले गोल गर्दै सासोउलोलाई १–१ गोलको बराबरीमा फर्काए ।

४७ औं मिनेटमा फ्रान्सिस्को कापुटोले गोल गर्दै सासोउलोलाई २–१ को अग्रता दिलाए । तर, खेलको ६८ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई हारबाट जोगाउन सफल रहे ।

यो बराबरीसँगै युभेन्ट्सले १४ खेलबाट ३६ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । सासोउलो १४ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।