१३ श्रावण २०८३, बुधबार
,
Latest
सर्वदलीय बैठकको संयुक्त वक्तव्य: हिंसा रोक्न, संवाद बढाउन र दोषीलाई कारबाही गर्न माग नेपालमा बाघको सङ्ख्या ४२९ शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दलहरू एकमतः रवि लामिछाने सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीज्यूले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ : अर्थमन्त्री डा. वाग्ले प्रधानमन्त्री र गृहमन्त्रीलाई गोकुल बास्कोटाको व्यंग्य, ‘ मशान जाग्ने बेला मात्रै बिउँझिन्छन्’ स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न, नियमित बैठक बस्ने निर्णय नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्न सानेपा पुगे रवि लामिछाने शान्ति, सुव्यवस्था र सद्भाव कायम गरौँ : सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार हमाललाई ‘गोल्डमेडल’



अ+ अ-

काठमाडौँ। गोरखापत्र राष्ट्रिय दैनिकमा कार्यरत पत्रकार चाँदनी हमालले पूर्वाञ्चल विश्वविद्यालयबाट ‘गोल्ड मेडल’ प्राप्त गर्नुभएको छ ।

आमसञ्चार तथा पत्रकारिताअन्तर्गत स्नातकोत्तर तहमा उत्कृष्ट नतिजासहित विश्वविद्यालयमै प्रथम भएपछि उहाँलाई पूर्वाञ्चल विश्वविद्यालयको १४औँ दीक्षान्त समारोहमा आज उक्त स्वर्ण पदक प्रदान गरिएको हो ।

उहाँलाई विश्वविद्यालय परिसर मोरङको सुन्दरहरैँचास्थित गोठगाउँमा आज आयोजित एक समारोहमा शिक्षामन्त्री सस्मित पोखरेललगायत अतिथिहरूले उक्त मेडलसहित सम्मान प्रदान गर्नुभयो ।

काठमाडौँस्थित कान्तिपुर सिटी कलेजको ‘ब्याच २०२२’ की छात्रा पत्रकार हमालले ३.५७ जिपिए अङ्कसहित ‘एमएएमसिजे’ कार्यक्रममा विश्वविद्यालय टप गर्नुभएको हो ।

पत्रकार हमालले चारवटा विषयमा (आमसञ्चारसहित राजनीतिशास्त्र, समाजशास्त्र, कानुन) मा स्नातकोत्तर गरिसक्नुभएको छ भने सार्वजनिक प्रशासनमा अध्ययनरत हुनुहुन्छ । विगत ८ वर्षदेखि काठमाडौँस्थित गोरखापत्र संस्थानमा आबद्ध पत्रकार हमालको पत्रकारिता यात्रा विगत २७ वर्षदेखि जारी छ ।

उहाँले पत्रकारिता गरिरहँदा गत वर्ष अमेरिकाबाट भिजिटर लिडरसिपमा मिसइन्फरमेसन र डिसइन्फरमेसन तथा एआईसम्बन्धी एकमहिने कोर्स गर्नुभएको छ । त्यसको अघिल्लो वर्ष युरोपियन युनियन मानव अधिकार पुरस्कार प्राप्त गर्नुभएको थियो । रासस




भर्खरै