२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
मल अभाव हुन नदिन सरकार तत्पर छः मन्त्री चौधरी वैध सम्पत्ति देखाउन नडराउनुस्, गलत कमाइ गर्ने मात्रै डराउँछन् : आयोग अध्यक्ष भण्डारी दाँतको उपचारका लागि पूर्वप्रधानमन्त्री ओली शिक्षण अस्पतालमा १,३८८ मेगावाटका ३८ जलविद्युत् आयोजनाको अनुमति खारेज गर्न सिफारिस माइतीघरमा धर्नारत पीडितसँग गृहमन्त्री सुधन गुरुङको भेट सांसद अर्यालले भनिन्ः बजेटले गरिबी सम्बोधन गर्न सकेन, वर्गीय खाडल बढाउने खतरा छ बजेटले नेपालको माटो चिन्न सकेन, किसान–मजदुरको मर्म बुझेनः नेकपा सांसद दुलाल अर्थमन्त्रीलाई काँग्रेस सांसद रानाको कटाक्षः ‘वीपीलाई आदर्श मान्ने अर्थमन्त्रीले बजेट बनाउँदा गाउँको झुपडीमा बस्नेलाई बिर्सिनुभएछ’ साढे १३ हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन ठूलो फुकिएको बेलुन जस्तो बजेट आयो, यो कार्यान्वयन हुँदैनः डा अमेरशकुमार सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रतिष्ठानको सेवालाई प्रदेशका स्वास्थ्य संस्थासँग जोडौँ



अ+ अ-

कर्णाली। कर्णाली प्रदेश सरकार सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको सेवा प्रवाहलाई प्रदेश सरकारमातहतका स्वास्थ्य संस्थासँग जोड्न सुझाउनुभएको छ ।

प्रतिष्ठानका उपकुलपति डा पूजनकुमार रोकाय नेतृत्वको टोलीसँग आज सुर्खेत वीरेन्द्रनगरमा भएको भेटघाट तथा छलफल कार्यक्रममा मन्त्री भण्डारीले सेवा प्रवाहलाई प्रदेशभर बनाउनुपर्ने बताउनुभयो ।

उहाँले प्रदेश सरकारमातहतका निकाय र जिल्ला अस्पताल एवं स्वास्थ्य संस्थालाई जोडेर सेवा प्रवाह गर्नु नै यहाँका नागरिकलाई स्वास्थ्यमा सहज पहुँच गराउनु हो भन्नुभयो ।

सङ्घीय सरकारद्वारा सञ्चालित प्रतिष्ठान र प्रदेश सरकारमातहतका निकायसँगको सम्बन्धमा देखिएको अन्तरलाई कम गर्ने विषयमा छलफल केन्द्रित गरिएको थिो । यसबाट प्रदेश सरकार र प्रतिष्ठानबीचको आपसी सम्बन्ध निर्माण गर्न तत्परता देखिएको जनाइएको छ ।

छलफलमा स्वास्थ्य अनुसन्धानका लागि सहकार्य, उपचार सेवा प्रवाह, आयुर्वेद स्वास्थ्य सेवाको खोज, अनुसन्धान, जनशक्ति परिचालन र स्रोतसाधनको उपलब्धतालाई बढोत्तरी गर्दै लैजाने सहमति भएको मन्त्रालयले जनाएको छ । रासस