२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेस्सीलाई छैटौं पटक कीर्तिमानी बालोन डी’ओर अवार्ड, रोनाल्डो भने दोस्रो स्थानमै



अ+ अ-

बार्सिलोनाका फरवार्ड फुटबल स्टार लियोनल मेस्सीले कीर्तिमानी छैटौं पटक बालोन डी’ओर अवार्ड जितेका छन् । क्रिस्टियानो रोनाल्डो, साडियो माने र भिर्गिल भान डायकलाई पछि पार्दै स्टार मेस्सीले अवार्ड जितेका हुन् । मेस्सी ६ पटक बालोन डीुओर अवार्ड जित्ने पहिलो खेलाडी हुन् । मेस्सीले यस अघि सन् २००९,१०,११,१२ र २०१५ मा यस अवार्ड जितिसकेका छन् ।

मेस्सीपछि रोनाल्डो ५ पटक अवार्ड जित्दै देस्रो स्थानमा रहेका छन् । मेस्सीलाई फ्रान्सको पेरिसमा आयोजित विशेष कार्यक्रममा अवार्ड प्रदान गरिएको थियो । महिला तर्फको अवार्डमा भने अमेरिकी खेलाडी मेगन रापोनीले जितेकी छिन् ।

उत्कृष्ट गोलकिपर अवार्ड लिभरपुलका एलिसन बेकरले जिते । विश्वभरका कप्तान, प्रशिक्षक तथा खेल पत्रकारहरुको मतको आधारमा यस अवार्ड प्रदान गर्ने गरिन्छ ।