७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा

थापाद्वारा लिखित ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचित

थापाद्वारा लिखित ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचित
अ+ अ-

काठमाडौँ।  मथुरा थापाद्वारा लिखित ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन गरिएको छ । हाम्रो बालापन नेपालद्वारा आज यहाँ आयोजित कार्यक्रममा पुस्तक विमोचन गरिएको हो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा धनन्जय रेग्मीले बालबालिकाको समग्र विकासका लागि अभिभावक, शिक्षक र समाजका सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले ‘कोमल अभिभावकत्व’ पुस्तकले अभिभावकलाई बालबालिकाको मनोविज्ञान बुझ्न र सकारात्मक अभिभावकत्व अभ्यास गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

पुस्तकका लेखक थापाले बालबालिकाको भावनात्मक, मानसिक तथा सामाजिक विकासमा अभिभावकको भूमिकालाई केन्द्रमा राखेर पुस्तक लेखेको बताउनुभयो । उहाँले आधुनिक समाजमा अभिभावकत्वको शैलीमा आएको परिवर्तन र त्यसले बालबालिकामा पार्ने प्रभावबारे पुस्तकमा विभिन्न अनुभव र अध्ययन समेटिएको जानकारी दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ समाचारदाता एवं शिक्षा पत्रकार प्रकाश सिलवालसहित तीन जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा पत्रकार सिलवालसहित समाजसेवी पासाङकाजी शेर्पा र बालमनोविद् डा गङ्गा पाठक रहनुभएको छ । उहाँहरूलाई शिक्षा तथा समाजसेवाको क्षेत्रमा पु¥याएको उल्लेखनीय योगदानका लागि सम्मान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा वरिष्ठ समाचारदाता सिलवालले शिक्षा पत्रकारितामार्फत शिक्षा क्षेत्रका समस्या, सम्भावना र सुधारका विषयमा निरन्तर आवाज उठाउँदै आएको बताउनुभयो । समाजसेवी शेर्पाले सामाजिक कार्यमार्फत समुदायको उत्थानका लागि काम गर्दै आएको उल्लेख गर्नुभयो भने बालमनोविद् डा पाठकले बालबालिकाको मानसिक स्वास्थ्य र मनोवैज्ञानिक विकासका विषयमा समाजमा सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो । रासस