३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

अपाङ्गता भएका व्यक्तिको अब्बल सामाजिक ‘स्टाटस’

अपाङ्गता भएका व्यक्तिको अब्बल सामाजिक ‘स्टाटस’
अ+ अ-

घोराही । अपाङ्ग मानव अधिकार एवं सरोकार केन्द्र दाङका अध्यक्ष शिव घर्तीको बायाँ खुट्टा कमजोर छ । उहाँ लौरोको साहारा बिना हिँडडुल गर्न सक्नुहुन्न । जन्मिँदै पोलियोको सिकार भए पछि उहाँको शारीरिक अवस्था कमजोर भएको हो तर शरीर कमजोर भए पनि उहाँको सामाजिकस्तर भने निकै अब्बल छ ।

उहाँ एउटा सामाजिक अभियन्ता हुनुहुन्छ । लामो समयदेखि सञ्चारकर्मीको रुपमा परिचित उहाँ नेपाल पत्रकार महासङ्घका जिल्ला सदस्य पनि हुनुहुन्छ । उहाँ आवश्यक परे समाचार लेख्नुहुन्छ, रेडियोमा कार्यक्रम चलाउनुहुन्छ । ठाउँठाउँमा पुगेर अपाङ्गताको सवालमा गहकिलो भाषण गर्नुहुन्छ । अपाङ्गता भएकाको बारेमा वकालत गर्नुहुन्छ । र आफ्नो बुबाआमा, श्रीमती र आफ्ना दुई बच्चासहित परिवारलाई उहाँको एक्लो कमाइ कै भर छ ।

घोराही, १९ बालिकोटमा जन्मिएका घर्तीले आठ÷नौ वर्षको उमेरमा मात्रै विद्यालयको ढोका टेक्न पाउनुभयो । घरको आर्थिक अवस्था कमजोर भएको कारण साना केटाकेटीलाई ट्युशन पढाएर भए पनि उहाँले आफ्नो कलेजको खर्च धानेको सुनाउनुहुन्छ । उहाँ अहिले राष्ट्रिय अपाङ्ग महासङ्घ जिल्ला कार्यसमितिको अध्यक्ष पनि हुनुहुन्छ । सुरुमा अपाङ्गता मानव अधिकार एवं सरोकार केन्द्रमा फिल्ड अफिसरदेखि लेखा अधिकृतसम्म भएर काम गर्नुभयो । अहिले सोही संस्थाको अध्यक्ष भएर काम गरिरहनुभएको छ ।

“सामाजिक क्षेत्रमा काम गर्न शारीरिकरुपमा समस्या भए पनि आफन्तको सहयोग, आत्म विश्वासमा कमी भएन”, उहाँ भन्नुहुन्छ । उहाँ अन्य अपाङ्गता भएकालाई पनि सकारात्मक सोचका साथ आत्मविश्वास लिएर काम गर्न आग्रह गर्नुहुन्छ । त्यसमा पनि परिवार, आफन्त र सिङ्गो समाजको सहयोग चाहिने उनी बताउनुहुन्छ । “सहयोग गर्नेहरु हुनुप¥यो । आफू गर्छु । गर्न सक्छु । भन्ने हुनुप¥यो ।” उहाँले भन्नुभयो, “हरेक परिवारले सहयोग त गर्छन् तर अपाङ्गतालाई लिएर, प्याच्च बोल्ने, टर्रो भाषामा माया देखाउँदा पिर पर्छ ।”

मुख्य कुरा त अपाङ्गता भएकालाई हेर्ने दृष्टिकोण जनचेतनाको कमीजस्ता कारण नै मुख्य रहेको उहाँ बताउनुहुन्छ । यस्तै अपाङ्गतामा पनि आिर्थक अवस्थाको आधारमा परिवारमा सम्मान पाउने वा माया पाउने भन्ने कुरामा निर्भर पर्ने उहाँको अनुभव छ । पछिल्लो समयमा कानूनी रुप मै सबै क्षेत्रमा समावेशी सहभागिताको कुरा आए पछि भने आफूहरुलाई काम गर्न धेरै सजिलो भएको उहाँ बताउनुहुन्छ । “समावेशी व्यवस्थाले हामीलाई फाइदा गरेको छ । यसको हामीले भरपुर उपयोग गर्न सक्नुपर्छ”, उहाँ भन्नुहुन्छ ।

नेपाल अपाङ्ग सङ्घ, खगेन्द्र नवजीवन केन्द्रकी सचिव भुमा चौधरीको कम्मरदेखि तलतिरको भागले खासै काम गर्दैन । उहाँका दुवै खुट्टा कमजोर छन् । घोराही उपमहानगरपालिका–१५ निवासी चौधरीले सामाजिक क्षेत्रमा सक्रिय भएर काम गर्न थालेको करिब १५ वर्ष भयो । उहाँले पनि स्नातक तहसम्म अध्ययन गरेर अहिले सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्छ । क्याम्पस पढ्दै गर्दा अपाङ्ग मानव अधिकार एवं सरोकार केन्द्रको सम्पर्कमा आउनुभएकी उहाँ त्यसपछि निरन्तर सामाजिक क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।

सामाजिक क्षेत्रमा काम गर्दा आर्थिकरुपमा कमाउन नसके पनि नाम, पहिचान र आत्मविश्वास कमाएको उहाँ बताउनुहुन्छ । “संस्थामा आबद्ध हुँदा शुरुशुरुमा कार्यक्रममा जाने, कुरा सुन्न गर्न थाले । पछि अपाङ्गताका कुरा पनि राख्न थाले”, उहाँले भन्नुभयो, “यसरी काम गर्दै गर्दा सबै क्षेत्र र निकायका व्यक्तिसँग सम्पर्क बढ्ने चिनजान पनि भयो र काम गर्न सजिलो भयो ।”

अपाङ्गताको क्षेत्रमा लामो समयदेखि काम गरिरहेको गैरसरकारी संस्था नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रको उहाँ केन्द्रीय सदस्य पनि हुनुभयो । उहाँ अहिले जिल्ला सचिव र महिला विभाग संयोजकको रुपमा अपाङ्ग पुनःस्थापना केन्द्र सञ्चालनमा मुख्य भूमिका निर्वाह गरिरहनुभएको छ । लामो समयदेखि सामाजिक क्षेत्रमा रहनुभएकी चौधरी अपाङ्ग हँुदैमा घर मै लुकेर नबस्ने सल्लाह दिनुहुन्छ । “कोही अपाङ्गता भएको हुनुहुन्छ र तपाईलाई समस्या छ भने हामीलाई भन्नुस् । नभए आफन्त टोल छिमेकलाई यो कुरा राख्नुस्”, उहाँ भन्नुहुन्छ, “आफूमा आत्मविश्वासको विकास गरे हरेक काम गर्न सकिन्छ ।” पहिलेको तुलनामा परिवारमा हेला गर्ने परिपाटी कम भएको भन्दै चौधरी भन्नुहुन्छ, “आर्थिकरुपमा अशक्तलाई नै समस्या अपमान, हेला, बेवास्ताजस्ता समस्या देखिएका छन् ।”

सोही कारण पनि अपाङ्गता भएका हातमा सीप सिकेर आफूले गर्न सक्ने काम गरेर आर्थिकरुपमा सक्षम हुनुपर्ने उहाँको भनाइ छ । उहाँहरु त अपाङ्गताको क्षेत्रमा सक्रिय भएर काम गरिरहेका एक प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । अहिले समाजमा धेरै व्यक्ति यसरी नै सक्षम भएर काम गरिरहेका छन् र समाजलाई एउटा गतिलो प्रेरेणा पस्किरहेका छन् । विशेष गरी अपाङ्गता भएका व्यक्तिको शिक्षादीक्षामा जोड दिनसके उनीहरुले सुनौलो भविष्य कोर्न समय लाउँदैनन् ।