७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा

‘समुदाय सचेत भएमा विपद् प्रतिकार्यमा सहयोग पुग्छ’

‘समुदाय सचेत भएमा विपद् प्रतिकार्यमा सहयोग पुग्छ’
अ+ अ-

टीकापुर। कैलालीको टीकापुरमा मौसम परिवर्तनका असरबारे समुदाय सचेत बन्दै गएका छन् ।

टीकापुरका विपद्को जोखिममा रहेका समुदायमा गठन भएका विपद् व्यवस्थापन समिति बाढीको जोखिम कम गर्ने मात्र नभई मौसम परिवर्तनले पर्ने असरबारे समेत सचेत हुन थालेका छन् ।

समुदायमा गठन भएका विपद् व्यवस्थापन समितिमा बाढीसँगै अन्य मौसम परिवर्तनले निम्त्याउने जोखिम, वातावरण संरक्षण, बाली संरक्षणका विषयमा समेत छलफल हुन थालेको छ ।

टीकापुर नगरपालिका–५ दक्षिण शाहीपुरस्थित स्थानीय विपद् व्यवस्थापन समितिले स्थानीय विपद् व्यवस्थापन समिति मौसम अनुसारको हरेक विपद्मा कसरी पूर्वतयारी गर्ने, जोखिम कम कसरी गर्ने भनी हरेक वर्ष योजना बनाउने र पूर्वतयारी तथा प्रतिकार्यका काम गर्ने गरेको छ ।

समितिका अध्यक्ष चन्द्रबहादुर रोकामगर कर्णाली नदीले हरेक वर्ष बाढीजन्य जोखिम निम्त्याउँदा विसं २०६४ सालबाटै आफूहरु विपद् व्यवस्थापनमा सक्रीय भएर लागेका बताउनुहुन्छ । “समुदायमै नमूना अभ्यास गर्ने, हरेक महिना बैठक बस्ने, मौसम अनुसारका विपद्का बारेमा छलफल गर्ने, बाढी आउनुपूर्व पूर्वसूचनामा ध्यान दिने गरेका छौँ”, उहाँ भन्नुहुन्छ, “हाम्रो बस्ती कर्णाली नदीको जोखिममा छ । विगतमा बाढी आउँदा मानिसको ज्यान जान्थ्यो, विसं २०६४ सालयता हामी मानवीय क्षति तथा धनजनको क्षति हुन नदिन सचेत भएका छौँ ।”

यो समुदायमा रहेका ज्येष्ठ नागरिक, अपाङ्गता भएका, बालबालिका, गर्भवती, सुत्केरीको तथ्याङ्क राखिएको छ । समुदायको नक्साङ्कन गरिएको छ । समुदायले विपद्का समयमा जोखिममा रहेकालाई सबैभन्दा पहिला उद्धार गर्ने गरेको उहाँको भनाइ छ ।

यहाँ मौसम परिवर्तनले गर्ने असरबारे समुदाय सचेत भएका छन् । हरेक समुदायमा पूर्वसूचना, प्राथमिक उपचार, खोज तथा उद्धार, महिला दल गठन भएका छन् । यी समितिले वर्षभरि नै विपद् व्यवस्थापनका लागि काम गर्छन् ।

दक्षिण शाहीपुर प्राथमिक उपचार कार्यदलका सदस्यको पिला जैसीलाई पाँच वर्षअघि विपद् आएमा कसरी जोगिने भन्नेबारे जानकारी थिएन, अहिले सबै मिलेर काम गर्दा जोगिन र जोगाउन सकिन्छ भन्ने जानकारी भएको उहाँको भनाइ छ ।

यसरी समुदायको क्षमता विकास गर्न टीकापुर नगरपालिकाले सङ्घसंस्थासँग सहकार्य गरेर काम गरिरहेको छ । विपद् व्यवस्थापनका क्षेत्रमा काम गर्ने सङ्घसंस्थाले पालिकालाई सघाएका छन् ।

। सामाजिक परिचालक निरज चौधरी टीकापुरको ५, ६, ७, ८ र ९ वडामा बाढीजन्य विपद्बाट जोगिन आपत्कालीन सामग्री सहयोग, विपद् व्यवस्थापन समितिको क्षमता अभिवृद्धि, विभिन्न कार्यदलको भूमिका बढाउन सघाइरहेका बताउनुहुन्छ ।

“पूर्वसूचना, पूर्वतयारीमा सघाइरहेका छौँ”, उहाँले भन्नुभयो, “मौसमअनुसार छलफल, यतिबेला आगलागीको जोखिमबाट बच्ने उपायबारे छलफल गर्ने गरेका छन् ।”

वातावरण संरक्षणबारे समुदाय सचेत भएका छन् । उनीहरु वातावरण र बाली जोगाउन विषादी प्रयोग नगर्ने र आयआर्जनका कार्यमा लागेका छन् ।

“यहाँका महिलाहरु बेत बाँस फर्निचरमा काम गर्ने, तरकारी खेती गरेर आम्दानी लिन थालेका छन्”, स्थानीय धनसरा ठकुल्लाले भन्नुभयो, “प्रभावित क्षेत्रका किसान धानबालीको बाढी बिमामा आबद्ध भएका छन् ।”

इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख तारानाथ राना विपद्को जोखिम कम गर्न जलवायु उत्थानशीलताका लागि समुदायलाई नै सक्रीय बनाउनुपर्ने बताउनुहुन्छ । “समुदाय सक्रीय भएमा हरेक विपद्को क्षति घटाउन सहयोग हुने भएकाले पालिका तथा सङ्घसंस्थाले समुदायको क्षमता विकासमै सघाउनुपर्छ”, उहाँ भन्नुहुन्छ, “पूर्वसूचना महत्वपूर्ण हो, पूर्वसूचना पाएमा समुदाय मिलेर समस्यामा परेकालाई सघाउन सकिन्छ ।”

टीकापुर–७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपाने पालिकामा सङ्घसंस्थाले विपद् व्यवस्थापनमा सघाइरहेका बताउनुहुन्छ । “स्थानीय समुदाय आफैँ सशक्त भएमा जोखिम कम गर्न मद्दत पुग्छ”, उहाँ भन्नुहुन्छ, “समुदायको क्षमता विकास गरेमा स्थानीय सरकारलाई पनि विपद् व्यवस्थापनमा सहज हुन्छ ।”

टीकापुर नगरपालिकामा जनप्रतिनिधिको नेतृत्वमा पालिकास्तरीय र वडास्तरीय विपद् व्यवस्थापन समिति गठन भएर काम गरिरहेका छन् । विभिन्न सङ्घसंस्थाको सहयोगमा प्रभावित समुदायमा करिब ६० वटा समुदायस्तरीय विपद् व्यवस्थापन समिति गठन भएका र उनीहरुले विपद् व्यवस्थापनमा काम गरिरहेका छन् ।

वन वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरी सङ्घसंस्थाले समुदायलाई क्षमतावान् बनाउन सघाएको, खोज तथा उद्धारका सामग्री सहयोग गरेको, कानुनी रुपमा समुदायमा भएका विपद् व्यवस्थापन समिति दर्ता नभए पनि आफूहरुले पनि पालिका स्तरबाट तालिम दिने, क्षमता विकासमा सघाउने गरेको बताउनुहुन्छ । “समुदायमा रहेका समिति विपद् जोखिम कम गर्न सक्षम भएका, जोखिम न्यूनीकरणमा पालिकालाई सहयोग भएको छ”, उहाँ भन्नुहुन्छ, “समुदाय सचेत भएमा पालिकालाई प्रतिकार्यमा समेत सहयोग पुग्छ ।” रासस