२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले जितको खाता खोल्यो, भुटान चार गोलले पराजित



अ+ अ-

काठमाडौं । तेह्रौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत फुटबलमा नेपाल विजयी भएको छ। मंगलबार भएको खेलमा भुटानलाई ४ गोलले हराउँदै नेपालले जित हासिल गरेको हो।

नेपालका तर्फबाट सुजल श्रेष्ठले २, अभिषेक रिजाल र मिक्चेन तामाङले फ्रि-किकमार्फत् गोल गरेका हुन्।

खेलको ७६ मिनेटमा मिक्चेन तामाङले फ्रि-किकमार्फत् अर्को गोल थपेपछि नेपालले फराकिलो गोल अन्तरले जित हासिल गरेको हो। दोस्रो हाफमा ६५ मिनेटमा अभिषेक रिजालले तेस्रो गोल थपेपछि नेपालले अग्रता फराकिलो पार्दै लगेको थियो।

पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफको ५२ मिनेटमा अर्को गोल थपेको हो। यससँगै नेपालले सागको पहिलो खेलमा नेपालले जितको खाता खोलेको छ।