४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत

सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत
अ+ अ-

काठमाडौँ: पूर्णबहादुर खड्का समूहले नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई वैधानिकता दिने सर्वोच्चको फैसला विरोधाभासपूर्ण, अदालतका आफ्नै नजिर तथा निर्वाचन आयोगले कायम गरेका अभ्यासविपरित रहेको टिप्पणी गरेको छ ।

बिहीवार काठमाडौंमा भएको छलफलमा सर्वोच्चको फैसलामा असन्तुष्टि जनाउँदै नेताहरुले पुनरावलोकनमा जाने सुझाव दिएको नेता मिन विश्वकर्माले बताउनु भयो ।

गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई वैधानिकता दिने सर्वोच्चको फैसला संविधान, प्रचलित कानून र नेपाली काँग्रेसको विधानसँग समेत बाझिने प्रकृतिको रहेको समेत उहाँको टिप्पणी छ । अदालतले कानूनी रूपमा विवाद समाधान गरेपनि पार्टीलाई सुदृढ बनाउने विषय अझै चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ ।

उहाँले पार्टी एकताको पहल तत्काल आवश्यक रहेको औँल्याउँदै विशेष महाधिवेशनबाट आएको कार्यसमिति र सभापति गगनकुमार थापाले नेतृत्वदायी भुमिका खेल्नुपर्ने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टीको आन्तरिक विवादका सम्बन्धमा सर्वोच्च अदालतले फैसला गरेको छ । सर्वोच्च अदालतले गरेको फैसला आफैंमा विरोधाभासपूर्ण र आफ्नै नजिरहरुका विपरितमा र निर्वाचन आयोगले आफैंले कायम गरेका नजिरहरुका पनि विरुद्धमा छ । र झट्ट हेर्दाखेरी संविधान, कानून र नेपाली काँग्रेसको विधानसँग पनि बाझिने आदेशलाई हामीले  थुप्रै असहमतिका आधारहरु हुँदाहुँदै पनि हामीले न्यायपालिकाको निर्णय मान्ने कुरा यसअघि पनि बताइसकेका छौँ । आज पनि सर्वोच्चले गरेको निर्णयलाई मानेर जाने र यसमा भएका असहमतिहरुलाई चाँही प्रकट गर्नैपर्छ भन्ने कुरा भयो । अदालतको निर्णयले कानूनी रुपमा विवाद निरुपण गरेपनि पार्टीलाई मजबुत बनाएर कसरी अघि बढ्ने भन्ने कुरामा एकताको पहल हुनुपर्छ । यसका लागि विशेष महाधिवेशनबाट आएको कार्यसमिति र सभापतिृ गगनकुमार थापाले पहल गर्नुपर्दछ । यसमा उहाँहरुले ढिलाई गर्नुभयो भने पार्टीमा गम्भीर क्षति पुग्नसक्छ । अब चाँडै नै निवर्तमान केन्द्रीय पदाधिकारी र सदस्यहरुको बैठक बस्नेछ । सबै तहको बैठक बसेर हामी राष्ट्रिय भेला गर्छौँ । सँगसँगै सर्वोच्च अदालतबाट भएको फैसला चित्त बुझेको छैन । त्यसलाई स्वीकार गर्दै पुनरावलोकनमा पनि जाने कि भन्ने सुझाव आएको छ ।’

उहाँले निकट भविष्यमा निवर्तमान केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको बैठक बस्ने जानकारी दिँदै सबै तहका संरचनालाई समेटेर राष्ट्रिय भेला आयोजना समेत बताउनु भयो । –न्युज एजेन्सी नेपाल