२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः यसरी भइरहेको छ खोज, उद्धार र राहत कार्य तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः संविधानविद् अधिकारी भदौ १० गतेको विपद्मा दिवंगतप्रति श्रद्धाञ्जली, स्वयम्भूमा स्मृति तथा दीप प्रज्वलन कार्यक्रम गोरखाको चुमनुब्री–४ मा बाढीपीडितका लागि राहत पठाइँदै राप्रपाका महामन्त्री शरदराज पाठकद्वारा पार्टीका सबै जिम्मेवारी परित्याग ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोरपाटीबाट ७५ बर्षीय वृद्धको उद्धार



अ+ अ-

काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ६, जोरपाटीबाट एकजना ७५ बर्षीय वृद्धको उद्धार भएको छ । 

मानवसेवा आश्रमले शुक्रबार राति जोरपाटीमा रहेको बज्र इन्टरनेसनल कलेज नजिकै एउटा छाप्रोमा बिगत ३० बर्षदेखी बसिरहेका पूर्ण बहादुर महर्जनको उद्धार गरेको हो ।

स्थानीय व्यक्तिहरुबाट जानकारी प्राप्त भएपछि वडा कार्यालयको सिफारिस र प्रहरी वृत्त जोरपाटीको सहयोगमा उनको उद्दार गरिएको मानवसेवा आश्रमका अभियन्ता नविना सिटौलाले बताईन् । 

वृद्ध व्यक्तिले बताएको अनुसार उनको घर काठमाण्डौमा नै रहेको छ । तर उनि आफै असहाय भएको र लामो समयदेखि एक्लो जीवनयापन गरिरहेकोले थप विवरण खुल्न सकेको छैन ।