१३ श्रावण २०८३, बुधबार
,
Latest
प्रमुख निर्वाचन आयुक्तमा कार्की र आयुक्तमा वाग्ले र सुब्बाको नाम सर्वसम्मत अनुमोदन सभामुख डीपी अर्यालद्वारा प्रधानमन्त्रीसहित विभिन्न दलका नेतासँग भेटवार्ता सुनसरी घटना : मृतक परिवारलाई २ लाख, घाइते र आगजनीपीडितलाई ५० हजार राहत पोखरा प्राज्ञ प्रतिष्ठानको कुलपतिमा प्रतीक्षा निर्वाचन आयोगलाई सफल पार्न सरकार र राजनीतिक दलको सहयोग जरुरी छः प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही, लिए पद तथा गोपनीयताको शपथ मन्त्री बादी र युनिसेफ नेपालकी प्रतिनिधिबीच भेटवार्ता, बालविवाह अन्त्य र महिला–बाल अधिकार संरक्षणमा जोड चितवनकाे देवघाटमा शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु माईतीघरको डुबान अन्त्य गर्न ढल निकास फराकिलो बनाउने कार्य शुरुः ढल अतिक्रमण गरी बनाइएका संरचनामाथि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुङ्गिनमा बगाले थापा क्षेत्री कल्याणकारी भवन निर्माण



अ+ अ-

भोजपुर। हतुवागढी गाउँपालिका–२ लुङ्गिनमा बगाले थापाक्षेत्री समुदायको साझा पहलमा कल्याणकारी भवन निर्माण गरिएको छ ।

स्थानीय समुदायका सामाजिक, सांस्कृतिक र परम्परागत गतिविधिलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले भवन निर्माण गरिएको हो ।

भवन निर्माणमा प्रदेश सरकारको रु २७ लाख, वडा र गाउँपालिकाको रु १२ लाख र बाँकी रकम बगाले थापा समुदायबाट सङ्कलन गरी कुल रु ६९ लाख खर्च गरिएको बगाले थापा–क्षेत्री कल्याणकारी परिषद् जिल्ला शाखाका अध्यक्ष विचारी थापाले जानकारी दिनुभयो । उहाँका अनुसार भवन निर्माण गर्न रु दुई लाख जग्गा खरिदमा खर्च भएको छ ।

स्थानीयवासी बलबहादुर थापाले भवनले थापा र क्षेत्री समुदायका सामाजिक, सांस्कृतिक तथा धार्मिक गतिविधि सञ्चालन गर्न सहयोग पुग्ने बताउनुभयो । भवन नहँुदा वंशवली भेलाका लागि समस्या हुने गरेकामा अब सहजता भएको उहाँको भनाइ छ । “पहिले हामीलाई यस्ता कार्यक्रम सञ्चालन गर्न अन्य स्थानमा जानुपथ्र्यो, अब हाम्रो आफ्नै भवन भएको छ । यसले सामाजिक सहभागिता र समुदायिक एकता बढाउनेछ”, उहाँले भन्नुभयो ।

स्थानीय धनबहादुर थापाले भन्नुभयो, “यो केवल भवन होइन, हाम्रो समुदायको पहिचान र साझा प्रयासको प्रतीक हो । यसले गाउँका सबै सदस्यलाई सामाजिक, सांस्कृतिक र विकासका गतिविधिमा सक्रिय भाग लिन प्रेरित गर्नेछ ।”

भवनमा महिला समूह, बालबालिका, युवा समूह र वृद्धहरूका लागि कार्यक्रम सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ । प्रशिक्षण, व्यावसायिक तालिम, सांस्कृतिक कार्यक्रम र बालबालिका गतिविधिसमेत यहाँ नियमित रूपमा सञ्चालन गर्न सहजता हुने स्थानीयको भनाइ छ ।

थापा–क्षेत्री कल्याणकारी भवनले लुङ्गिन क्षेत्रका स्थानीय बासिन्दामा आत्मविश्वास, सामाजिक जिम्मेवारी र समुदायिक सहकार्य बढाउने विश्वास व्यक्त गरिएको छ । यस प्रकारको पहलले गाउँमा विकास, सामाजिक सहभागिता र सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने दिशामा स्थानीयवासी हेमराज कार्कीले बताउनुभयो ।

भवनले गाउँका सबै सदस्यलाई एउटै ठाउँमा भेला भएर साझा योजना र कार्यक्रम सञ्चालन गर्ने अवसर दिएको छ । भवन निर्माणले स्थानीय थापा र क्षेत्री समुदायलाई मात्रै नभई सम्पूर्ण लुङ्गिन क्षेत्रका बासिन्दामा सामाजिक सहयोग, सहभागिता र समृद्धि बढाउने उहाँको भनाइ छ । रासस




भर्खरै