३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

नेपाल बङ्गलादेशसँग १० विकेटले पराजित

नेपाल बङ्गलादेशसँग १० विकेटले पराजित
अ+ अ-

काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूदअन्तर्गत पोखरामा जारी महिला क्रिकेट प्रतियोगिताको आजको खेलमा नेपाल १० विकेटले पराजित भएको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा भएको खेलमा नेपाल बंगलादेशसँग १० विकेटले पराजित भएको हो । यसअघि मालदिभ्ससँगको खेलमा नेपाल १० विकेटले नै विजयी भएको थियो । टस जितेर बङ्गलादेशले फिल्डिङ रोजेको थियो । पहिला ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा केवल ५० रन जोडेको थियो ।

यस्तै नेपालमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पोखरामा सम्पन्न ट्रायथोलन स्पर्धामा नेपाल सर्वाधिक छ पदक जितेर टिम च्याम्पियन बनेको छ ।

यही मङ्सिर १६ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा पाँच स्वर्ण, पाँच रजत र पाँच कास्य गरी १५ पदकका लागि भएको प्रतिस्पर्धामा नेपाल पदक तालिकामा शीर्षस्थानमा रहन सफल भयो ।

प्रतियोगितामा नेपालले छ पदक हासिल गर्दा भारतले पाँच तथा श्रीलङ्काले चार पदक जित्न सफल भए । आयोजक नेपालले ट्रायथोलनमा एक स्वर्ण तथा एक कास्य, डुआथोलनमा एक स्वर्ण तथा दुई रजत पदक तथा मिक्स रिलेमा एक रजत पदक जितेको छ । ट्रायथोलन महिलातर्फको स्प्रिन्ट विधामा सोनी गुरुङ र डुआथोलन पुरुषतर्फको स्प्रिन्ट विधामा हिमाल टमटाले एक÷एक स्वर्ण नेपाललाई दिलाएका थिए ।

डुआथोलन पुरुषतर्फको स्प्रिन्ट बिधामा लक्ष्मण मल्ल र सोही बिधाको महिलातर्फ हुमी बुढा मगरले रजत पदक तथा सोनी गुरुङ, दिपेश चौधरी, केशरी थापा मगर र वसन्त थारुको टिमले ‘मिक्स टिम रिले’ मा रजत पदक दिलाए । त्यस्तै पुरुषतर्फको स्प्रिन्ट बिधाको ट्रायथलनमा बसन्त थारुले नेपाललाई कास्य पदक दिलाएका थिए ।

त्यसैगरि भारतले ट्रायथलनमा एक स्वर्ण, दुई रजत र एक कास्य तथा मिक्स रिलेमा एक स्वर्ण पदक जित्यो । श्रीलङ्काले डुआथोलनमा एक स्वर्ण र दुई कास्य तथा मिक्स रिलेमा एक कास्य पदक जितेको छ । प्रतियोगिता अन्तर्गत आज सम्पन्न ‘मिक्स रिल’ेको फेवातालमा ३०० मिटर पौडी, छ दशमलव पाँच किमी साइक्लिङ र साढे दुई किमी दौड एक घण्टा ३५ मिनेट २० सेकेण्डमा पूरा गरी भारतले स्वर्ण पदक जितेको छ ।

त्यसैगरी नेपालले एक घण्टा ३८ मिनेट २८ सेकेण्डमा निर्धारित दूरी पार गरी रजत तथा एक घण्टा ४१ मिनेट २१ सेकेण्डमा तय गरिएको दूरी पार गरी श्रीलङ्काले कास्य पदक प्राप्त गरेको थियो । भारतमा सम्पन्न १२औँ संस्करणको सागबाट ट्रायाथोलन खेल प्रतियोगितामा समावेश गरिएको थियो । १२औँ संस्करणमा नेपाले मिक्स इभेण्टतर्फ एक रजत तथा महिला व्यक्तिगतमा एक काश्य पदक जितेको थियो ।

घरेलु मैदानमा भएको प्रतियोगितामा नेपालले सर्वाधिक पदक जितेकामा प्रशिक्षक सानुभाइ पौडेलले खुशी व्यक्त गर्नुभयो । खेलाडीले डटेर खेलेकाले नै बलियो टोली भारतलाई पदक तालिकामा पछि पार्न सम्भव भएको बताउँदै उहाँले पाँच पदक आश गरेकोमा त्यो भन्दा बढी पदक जितेकोमा खेलाडीको प्रशंसा गर्नुभयो ।

डुआथलनमा स्वर्ण विजेता टमाटाले आवश्यक खेल सामग्रीको अभावमा समेत आफूहरुले देशको नाम राख्नुपर्दछ भनेर मेहनत गरेर खेलेको बताउनुभयो । प्रतियोगिताको आज समापनका अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विजेता खेलाडीलाई पदक वितरण गर्नुभएको थियो ।

प्रतियोगितामा नेपाललाई पदक दिलाउने खेलाडीलाई नेपाल ओलम्पिक कमिटीमा महासचिव एवं नेपाल ट्रायथोलन सङ्घका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठले व्यक्तिगत रुपमा स्वर्ण पदक विजेतालाई नगद रु एक लाख, रजतलाई रु ५० हजार र कास्य पदक विजेतालाई रु २५ हजार दिने घोषणा गर्नुभएको छ । त्यसैगरी गण्डकी प्रदेशका अर्थ तथा विकास समिति सभापति दीपक कोइरालाले समेत पदक विजेता खेलाडीलाई क्रमश रु २५ हजार, १५ हजार र रु १० हजार पुरस्कार दिने बताउनुभएको छ ।

नेपालका तर्फबाट सोनु खड्काले सर्वाधिक १२ रन र इन्दु वर्माले १० रन जोडे पनि अन्य ब्याट्स वुमनले दोहोरो अङ्क जोड्न सकेनन् । नेपालकी अप्सरा वेगमले पाँच, सिता रानामगरले तीन, ममता चौधरीले एक रन जोडिन भने अन्य खेलाडीले खाता खोल्न सकेनन् ।

नेपालका चार महत्वपूर्ण विकेट रबेया खानले लिएकी थिइन् । त्यस्तै जहनारा आलमले दुई, सल्मा खातुन, नहिदा अख्तर र फहिमा खातुनले समान एक÷एक विकेट लिए । एकाउन्न रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको बङ्गलादेशले विना क्षति ७।४ ओभरमै जीत निकाल्यो ।

बङ्गलादेशका लागि आयस्मा रहमानले अविजित २६ र मर्सिदा खातुनले अविजित २३ रनको योगदान दिए । बाइस बलको सामना गरेकी रहमानले तीन चौकासहित २६ रन हानेकी थिइन् भने २४ बलको सामना गरेकी खातुनले चार चौकासहित २३ रन हानेकी हुन् । चार ओभरमा दुई मेडनसहित आठ रन खर्चेर नेपालका महत्वपूर्ण चार विकेट हत्याउने रबेया प्लेयर अफ दी म्याच घोषित भइन् । आजै श्रीलङ्का र मालदिभ्सबीच अर्को खेल हुनेछ ।