२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद एवं उच्च सरकारी अधिकारीलाई सम्मान



अ+ अ-

काठमाडौँ, ५ वैशाखः कान्तिपुर सिटी कलेज (केसिसी)ले सांसद तथा उच्च सरकारी ओहदामा पुगेका व्यक्तित्वलाई सम्मान प्रदान गरेको छ । सो कलेजका पूर्वविद्यार्थी एवं शिक्षक रही हाल सांसद निर्वाचित भएका तथा उच्च सरकारी ओहदामा पुगेका व्यक्तित्वलाई आज यहाँ आयोजित कार्यक्रममा सम्मान प्रदान गरिएको हो ।

सम्मानित हुनुहुनेमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एवं सचेतक प्रकाशचन्द्र परियार, रास्वपाका सांसद जगदिश खरेल, नेपाली कांग्रेसका सांसद निस्कल राई, राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा सुरेश आचार्य, प्रधानमन्त्रीका अनुसन्धान एवं प्रेसविज्ञ दीपा दाहाल र प्रधानमन्त्री सचिवालयका अधिकृत विनय शाक्य हुनुहुन्छ ।

समारोहमा रास्वपाका सांसद परियारले पछिल्लो समय मुलुकले सामान्य नभएर आमूल परिवर्तन खोजेकाले जनताको सोही भावनाअनुसारको परिवर्तनका लागि आफूहरू सदैव लागिरहने प्रतिबद्धता जनाउनुभयो । कलेजका पूर्वविद्यार्थीसमेत रहनुभएका सांसद परियारले आफ्नो व्यक्तित्व विकासका साथै मुलुकको पत्रकारिता, सूचना प्रविधि र इञ्जिनियरिङ क्षेत्रमा जनशक्ति उत्पादनका लागि केसिसीले पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।

रास्वपाका सांसद एवं कलेजका पूर्वविद्यार्थी खरेलले शिक्षण संस्थामा राजनीतिक क्रियाकलाप गर्न नहुने सन्देश प्रवाह गर्न जरुरी रहेको उल्लेख गर्दै अविकास र बेथितिका कारण देश पछि परेकाले आफूहरूले यो वास्तविकतामा आधारित रहेर जिम्मेवारी बोधका साथ काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

नेपाली कांग्रेसका सांसद एवं कलेजका पूर्वशिक्षक राईले वर्तमान सरकारले विकास, सामाजिक न्याय र पारदर्शिताका क्षेत्रमा काम गर्दै जेनजी आन्दोलनको भावना बुझेर अघि बढ्न सुझाव दिनुुभयो ।

आमसञ्चार तथा पत्रकारिताका प्राध्यापक रामकृष्ण रेग्मीले मुलुकको परिवर्तनका आशाहरू हिजोका दिनमा पनि जनताले पटकपटक पाइरहेकाले अहिले राजनीतिमा उदाएको नयाँपुस्ताले ती आश्वासनलाई पूरा गर्नेगरी काम गर्न आग्रह गर्नुभयो । अहिले युवापुस्ता निर्वाचित भएर आएकाले युवावर्गमा देखिएको उत्साह र उमङ्गलाई देश विकासमा लगाउने काममा ढिला नगर्न आग्रह गर्नुभयो ।

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा आचार्यले समयको महत्त्व र माग बुझेर काम गर्न युवापुस्ताको बाहुल्यता भएको संसद् र सरकारलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री वालेन्द्र शाहका अनुसन्धान तथा प्रेसविज्ञ दाहालले आफूलाई अवसर मात्र प्राप्त भएको नभई जिम्मेवारी बोध पनि भएकाले इमान्दारिताका साथ पदीय दायित्व पूरा गर्ने बताउनुभयो ।

कलेजका अध्यक्ष डा प्रल्हाद कार्की र प्राचार्य राजु कट्टेलले नेपालको शिक्षा क्षेत्रमा कलेजले पुर्याएको योगदानको चर्चा गर्दै निजी क्षेत्रलाई केवल नाफा कमाउने क्षेत्रका रूपमा मात्र नहेरी एउटा जिम्मेवार साझेदारका रूपमा व्यवहार गर्न सरकारसमक्ष आग्रह गर्नुभयो ।




भर्खरै