१३ श्रावण २०८३, बुधबार
,
Latest
प्रमुख निर्वाचन आयुक्तमा कार्की र आयुक्तमा वाग्ले र सुब्बाको नाम सर्वसम्मत अनुमोदन सभामुख डीपी अर्यालद्वारा प्रधानमन्त्रीसहित विभिन्न दलका नेतासँग भेटवार्ता सुनसरी घटना : मृतक परिवारलाई २ लाख, घाइते र आगजनीपीडितलाई ५० हजार राहत पोखरा प्राज्ञ प्रतिष्ठानको कुलपतिमा प्रतीक्षा निर्वाचन आयोगलाई सफल पार्न सरकार र राजनीतिक दलको सहयोग जरुरी छः प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही, लिए पद तथा गोपनीयताको शपथ मन्त्री बादी र युनिसेफ नेपालकी प्रतिनिधिबीच भेटवार्ता, बालविवाह अन्त्य र महिला–बाल अधिकार संरक्षणमा जोड चितवनकाे देवघाटमा शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु माईतीघरको डुबान अन्त्य गर्न ढल निकास फराकिलो बनाउने कार्य शुरुः ढल अतिक्रमण गरी बनाइएका संरचनामाथि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिजिटल खरिद प्रणालीको औपचारिक शुभारम्भ



अ+ अ-

काठमाडौँ। नेपालको डिजिटल तथा व्यावसायिक इकोसिस्टममा महत्त्वपूर्ण उपलब्धिका रूपमा विज्ञापन सेवालाई औपचारिक रूपमा एकीकृत अनलाइन खरिद प्लेटफर्मका रूपमा शुभारम्भ गरिएको छ ।

आज यहाँ औचारिक कार्यक्रममार्फत सुरु गरिएको यस प्लेटफर्मले विभिन्न क्षेत्रहरूमा हुने खरिद प्रक्रियालाई आधुनिक, सरलीकृत तथा प्रभावकारी बनाउने लक्ष्य लिएको छ ।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद सिर्जना श्रेष्ठ, आइएस अन्तरराष्ट्रिय गैरसरकारी संस्था महासङ्घका अध्यक्ष डा एसपी कलौनी, गैरसरकारी संस्था महासङ्घका अध्यक्ष अर्जुन भट्टराईलगायतले यस प्लेटफर्मले एक केन्द्रीकृत डिजिटल बजार प्रणालीको विकास गरेको बताउँदै यसले संस्थाहरूलाई एकै, सरल र प्रभावकारी इन्टरफेसमार्फत धेरै आधिकारिक सेवा प्रदायकहरूसँग जोड्ने उल्लेख गर्नुभयो ।

परम्परागत खरिद प्रणालीमा देखिँदै आएका दीर्घकालीन संरचनात्मक समस्याहरू जस्तै सीमित पहुँच, समय लाग्ने समन्वय प्रक्रिया, मूल्य पारदर्शिताको अभाव तथा सेवा प्राप्तिमा हुने असक्षमतालाई समाधान गर्नु यस पहलको मुख्य उद्देश्य हो ।

विज्ञापन सेवामार्फत प्रयोगकर्ताहरूले आफ्नो खरिद आवश्यकताहरू सार्वजनिक गर्न सक्नेछन् र प्रमाणित सेवा प्रदायकहरूको नेटवर्कबाट प्रतिस्पर्धात्मक प्रस्तावहरू प्राप्त गर्न सक्नेछन् । यसले सूचित निर्णय प्रक्रिया, लागत दक्षता र गुणस्तरीय सेवा सुनिश्चित गर्न सहयोग पु¥याउँनेछ ।

सेवाका प्रमुख नवप्रवर्तक खिमानन्द देवकोटा भन्नुभयो, “विज्ञापन सेवा केवल एउटा डिजिटल प्लेटफर्म मात्र होइन यो नेपालमा खरिद प्रक्रियाको संरचनात्मक रूपान्तरण हो । हाम्रो दृष्टिकोण खण्डित र समय खपत गर्ने प्रक्रियालाई पारदर्शी, प्रतिस्पर्धात्मक र प्रविधिमा आधारित प्रणालीले प्रतिस्थापन गर्नु हो, जसले संस्था र सेवा प्रदायक दुवैलाई समान रूपमा सशक्त बनाउँछ ।”

यो प्लेटफर्म निजी क्षेत्रका कम्पनीहरू, विकास साझेदार संस्थाहरू, साना तथा मझौला उद्यम तथा व्यक्तिगत ग्राहकहरूलाई लक्षित गरी विकास गरिएको हो । डिजिटल खरिद प्रणालीमार्फत विज्ञापन सेवाले कार्यगत दक्षता बढाउने, समय बचत गर्ने तथा खरिद प्रक्रियामा पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।

साथै, यसले सबै सेवा प्रदायकहरूलाई समान अवसर प्रदान गर्दै प्रतिस्पर्धात्मक र समावेशी बजार प्रणालीलाई प्रवर्द्धन गर्दछ, जसले सेवाग्राहीहरूलाई छनोटको विकल्प, नियन्त्रण र सहजता प्रदान गर्ने उहाँले बताउनुभयो । रासस




भर्खरै