८ भाद्र २०८३, सोमबार
,
Latest
नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी बलात्कारपछि हत्याका घटना रोक्न कानून संशोधन गर्न राप्रपा नेता शाहीको माग बाफियामा संशोधन गरी बैंकिङ क्षेत्रका समस्या सम्बोधन गर्न सांसद अधिकारीको माग सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

गगन थापा पक्षीय कांग्रेस नै आधिकारिकः सर्वोच्च अदालत



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिता गगन थापा पक्षीय कांग्रेसले पाएको छ ।

सर्वोच्च अदालतलका न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलास ले थापाको नेतृत्वलाई आधिकारिकता दिने आदेश जारी गरेको छ ।

निवर्तमान सभापति शेरबहादुर देउवासहितले दायर गरेको रिटमा सुनुवाई गर्दे ईजलासले निर्वाचन आयोगको निर्णय सदर गरेको हो ।

गएको पुस महिनाको अन्तिम साता विशेष महाधिवेशन गरेर कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहित १४ औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई हटाएको घोषणा गरेपछि कांग्रेसमा विवाद चर्किएको थियो । सो विशेष महाधिवेशनले सभापतिमा गगन थापा र उनको नेतृत्वको टिमलाई चयन गरेपछि निर्वाचन आयोगले पनि सोही समितिलाई नै मान्यता दिएको थियो ।

सो निर्णयको विरुद्धमा कार्यबाहक सभापति पूर्णबहादुर खड्का सर्वाेच्चमा रिट दायर गरेका थिए । उनले गगन नेतृत्वको कांग्रेस अवैधानिक, विशेष महाधिवेशन नै अनियमित भनेर सर्वोच्चमा रिट हालेका थिए । गएको माघ ६ गते खड्काले सर्वोच्चमा रिट हालेपछि सुरु भएको लामो समयको सुनुवाइपछि आज सर्वोच्चले यो फैसला सुनाएको हो ।

सर्वोच्चले आजको फैसलामा गगन थापा सभापति रहेको कांग्रेसलाई मान्यता दिँदै त्यसैमा मिलेर जान भनेको हो । यो फैसला पछि अब कि मिलेर गगनको नेतृत्वमै कांग्रेस अघि बढ्नुपर्नेछ भने यदि यो स्वीकार नगर्ने हो भने देउवा पक्षीय कांग्रेसले अर्काे पार्टी खोल्नुपर्नेछ । यता हिजोमात्र कांग्रेसको कार्यबाहक सभापतिको हैसियतमा नै कांग्रेसको लेटर हेड प्रयोग गरेर खड्काले विज्ञप्ति प्रकाशन गरेकोमा गगन पक्षीय कांग्रेसको अनुशासन समितिले खड्कालाई स्पष्टिकरण सोधेको छ ।

खड्काले भने सर्वोच्च अदालतमा कांग्रेसको आधिकारिकता सम्बन्धी विवादको मुद्दा विचाराधीन रहेकाले त्यतिञ्जेल सम्मका लागि आफू नै कार्यबाहक सभापति रहेको बताउने गरेका छन् ।