१३ श्रावण २०८३, बुधबार
,
Latest
सामुदायिक विद्यालयको गुणस्तर सुधारमा जोड, शिक्षामन्त्री पोखरेलद्वारा प्रधानाध्यापकसँग छलफल प्रभु बैंककी सिबिओ रश्मी पन्त बैंकिङ कसुर मुद्दामा पक्राउ, ४८ करोड कर्जा प्रकरणमा अनुसन्धान सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्न मानव अधिकार आयोगको सरकारलाई सिफारिस राष्ट्रपतिसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल स्थानीयको गुनासोपछि बञ्चरेडाँडाको फोहार व्यवस्थापनका समस्याबारे सञ्चारमन्त्री डा तिमिल्सिनाको चासो, तत्काल समाधान गर्न सम्बन्धित निकायलाई… स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण विभिन्न विधेयक संसद्मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति प्रधानमन्त्रीको निर्देशनपछि फुटवेयर क्षेत्रमा २० हजार रोजगारीको पहल सोरुबाट सुरु भएको थियो कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री जीवन यात्रा बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्खुवासभामा जडीबुटी निकासीबाट चार करोड बढी राजस्व सङ्कलन



अ+ अ-

सङ्खुवासभा। जिल्ला वन कार्यालयले चालु आर्थिक वर्षमा जडीबुटी बिक्री तथा निकासीबाट रु चार करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

जिल्लामा चालु आर्थिक वर्ष २०८२/८३ मा चिराइतो, मजिटो र रुद्राक्ष निकासीबाट रु चार करोड २१ लाख ६२६ राजस्व सङ्कलन भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार रुद्राक्ष, चिराइतोलगायत विभिन्न बहुमूल्य जडीबुटीबाट उक्त आम्दानी भएको हो । साउनयता रु १२ लाख ८४ हजार ५५२ किलो रुद्राक्ष, चिराइतो, मजिटोलगायत जडीबुटी निकासीबाट रु चार करोड २१ लाख ६२६ राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी डम्बरबहादुर भण्डारीले जानकारी दिनुभयो ।

चालु आवमा जिल्लाबाट १४ लाख ९६ हजार ६४७ क्युफिट काठ निकासी भएको वन कार्यालयले जनाएको छ । त्यसैगरी जडीबुटी निकासीबाट प्रदेश शुल्कबापत रु ८३ लाख ३८१ राजस्व सङ्कलन भएको सूचना अधिकारी भण्डारीले बताउनुभयो ।

गत आर्थिक वर्षमा चिराइतो ६० हजार ८६७ किलो, रुद्राक्ष १२ लाख ६६ हजार ८९२ किलो, मजिटो १० हजार ३०० किलो, टिमुर प्रजाति एक हजार २०० किलो निकासी भएको डिभिजन वन कार्यालयले जनाएको छ । वन कार्यालयका अनुसार जिल्लामा पाइने प्राकृतिक जडीबुटीको माग स्वदेशसँगै विदेशमा पनि बढ्दै गएकाले राजस्व सङ्कलनमा वृद्धि भएको हो ।

विशेषगरी रुद्राक्ष र चिराइतो सङ्खुवासभाका प्रमुख आम्दानीका स्रोत बनेका छन् । यी जडीबुटी स्थानीय बासिन्दाले सङ्कलन गरी बिक्री गर्ने गरेकाले स्थानीयको आयआर्जनमा समेत टेवा पुगेको छ । वन कार्यालयले अवैध रूपमा जडीबुटी निकासी रोक्न कडाइ गरिएको जनाएको छ ।

वन कार्यालयले दिगो व्यवस्थापनलाई प्राथमिकता दिँदै जडीबुटीको संरक्षण र उत्पादन वृद्धि गर्ने कार्यक्रम पनि गरिरहेको जनाएको छ । जिल्लामा जडीबुटीको प्रचुर सम्भावना रहेकाले यसको वैज्ञानिक व्यवस्थापन र बजारीकरणमा थप ध्यान दिनसके आगामी दिनमा अझै बढी राजस्व सङ्कलन हुने अपेक्षा छ ।  रासस




भर्खरै