१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित

आन्तरिक राजस्व कार्यालय जुम्लाद्वारा २५ करोड बढी राजस्व

आन्तरिक राजस्व कार्यालय जुम्लाद्वारा २५ करोड बढी राजस्व
अ अ+ अ-

जुम्ला। जुम्लास्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा रु २५ करोड २८ लाख आठ हजार राजस्व सङ्कलन गरेको छ ।

चालु आवको साउनदेखि चैत मसान्तसम्म कार्यालयले रु २९ करोड ३० लाख ७३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा ८४ दशमलव ४० प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

कार्यालयका प्रमुख कर अधिकृत प्रभात घिमिरेले चालु आवको चैतसम्म आयकरतर्फ रु २१ करोड ७३ लाख ९९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा रु १८ करोड १८ लाख ५७ हजार सङ्कलन भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार भ्याटतर्फ रु पाँच करोड ४० लाख २७ हजार सङ्कलन गर्ने लक्ष्य राखिएकामा रु पाँच करोड ३२ लाख ३९ हजार अर्थात् ९८ दशमलव ५४ प्रतिशत राजस्व सङ्कलन भएको छ ।

यसैगरी अन्तशुल्कतर्फ रु एक करोड ३७ लाख तीन हजारमध्ये ७५ दशमलव सात प्रतिशत राजस्व सङ्कलन भएको छ । बहालकरतर्फ ८० लाख ११ हजार सङ्कलन गर्ने लक्ष्य राखिएकामा ६६ दशमलव ४० प्रतिशत राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत घिमिरेले उल्लेख गर्नुभयो ।

कर दाखिला गर्न आनाकानी गर्ने करदाताको घरमा पुग्ने, टेलिफोन र एसएमएसमार्फत ताकेता गर्ने, कर छुटसम्बन्धी सुविधाबारे प्रचारप्रसार गर्नेलगायत अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ । लक्ष्य हासिल गर्न बजार अनुगमनलाई निरन्तरता दिने र करदातामुखी व्यावहारिक कर शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको कर अधिकृत घिमिरेले बताउनुभयो । उहाँका अनुसार कार्यालयले निर्धारण गरिएको वार्षिक लक्ष्य भेटाउने गरी काम भइरहेको छ ।

बक्यौता रहेको कर असुली गर्नका लागि कार्यालयले काम गरिएको छ । नक्कली बिलबिजक जारी गर्नेलाई कारबाहीको दायरामा ल्याएर कर असुल्ने, करको परीक्षण र अनुसन्धानको दायरालाई फराकिलो बनाउनेलगायत काम गरेमा राजस्व सङ्कलनको दरमा सुधार गर्न सकिने प्रमुख कर अधिकृत घिमिरेले धारणा राख्नुभयो ।

कार्यालयमा आयकरमा दर्ता भएका १६ हजार ९२२ जना करदाता छन् । भ्याटमा दर्ता भएका एक हजार ७१७ र अन्तशुल्कमा दर्ता भएका ५८२ जना करदाता रहेका आन्तरिक राजस्व कार्यालय जुम्लाले जनाएको छ ।

व्यक्तिगत रूपमा स्थायी लेखा नम्बर (प्यान) स्थानीय तहबाट जारी गर्ने यहाँका स्थानीय तहलाई पटकपटक तोकता गर्दा पनि कुनै सुनुवाइ नभएको प्रमुख कर अधिकृत घिमिरेले बताउनुभयो । उहाँका अनुसार सङ्घीय सरकारले सम्बन्धित स्थानीय तहबाट प्यान लिने व्यवस्था गरेको छ । उक्त कार्यालयको जुम्लासहित मुगु र कालीकोट जिल्ला कार्यक्षेत्रभित्र पर्दछन् । रासस