३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सागमा नेपालको अर्को कोसेढुंगा पार, कुल स्वर्ण पदक संख्या एक सय

सागमा नेपालको अर्को कोसेढुंगा पार, कुल स्वर्ण पदक संख्या एक सय
अ+ अ-

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले बुधबार अर्को कोसेढुंगा पार गरेको छ। सागको इतिहासमा नेपालले जितेको कुल स्वर्ण पदक संख्या एक सय पुगेको छ। नेपालका लागि दक्षिण एसियाली खेलकुदमा एक सयौं स्वर्ण पदक जित्ने अवसर घरेलु मैदानमै जुर्नु अर्को संयोग हो। हाल नेपालमा सागको १३औं संस्करण जारी छ। पहिलो संस्करण सम्पन्न भएको ३५ वर्षपछि नेपालले यस्तो उपलब्धि हासिल गरेको हो। नेपालका लागि एक सयौं स्वर्ण जित्ने सौभाग्य तेक्वान्दो खेलाडी सक्षम कार्कीलाई जुर्यो।

सक्षमले सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको पुरुष ८७ केजीमाथिको तौल समूहमा स्वर्ण पदक जितेका हुन्। उनले फाइनलमा पाकिस्तानी खेलाडी वकार अली खानलाई पराजित गरे। सक्षमको स्वर्णसँग १३औं सागमा नेपालले जितेको स्वर्ण पदक संख्या २९ पुगेको छ। नेपाल दक्षिण एसियाली खेलकुदको अवधारणाकार र पहिलो संस्करणको आयोजक हो। सन् १९८४ मा काठमाडौंमा सम्पन्न पहिलो दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) मा नेपालले चार स्वर्ण, १२ रजत र आठ कांस्य जितेको थियो।

सन् २००४ पछि मात्र साफको नाम परिवर्तन गरी दक्षिण एसियाली खेलकुद (साग) राखिएको हो।सन् १९८५ मा बंगलादेशको ढाकामा सम्पन्न दोस्रो संस्करणमा नेपालले एक स्वर्ण जितेको थियो भने सन् १९८७ मा भारतको कोलकातामा सम्पन्न तेस्रो साफमा दुई स्वर्ण हात पारेको थियो। सन् १९८९ मा पाकिस्तानको इस्लामाबादमा सम्पन्न चौथो साफमा एक स्वर्ण हात पारेको नेपालले सन् १९९१ मा श्रीलंकाको कोलम्बोमा भएको पाँचौं संस्करणमा दुई स्वर्ण चुमेको थियो।

यसैगरी नेपालले सन् १९९३ मा ढाकामा सम्पन्न छैटौं संस्करणमा एक, सन् १९९५ मा भारतको मद्रासमा सम्पन्न सातौं संस्करणमा चार र सन् १९९९ मा काठमाडौंमा सम्पन्न आठौं साफमा ३१ स्वर्ण पदक जितेको थियो। नेपालले सन् २००४ मा इस्लामाबादमा सम्पन्न नवौं सागमा सात र सन् २००६ मा कोलम्बोमा सम्पन्न १०औं सागमा सात स्वर्ण पदक हात पारेको थियो। नेपालले सन् २०१० मा ढाकामा सम्पन्न ११औं सागमा आठ स्वर्ण जितेको थियो।

भारतको गुवाहाटी र सिलोङमा सम्पन्न १२औं सागमा भने नेपालले तीनवटा स्वर्ण चुमेको थियो। १२औं सागसम्म नेपालले जितेको स्वर्ण पदक संख्या ७१ थियो। नेपाललाई एक सय स्वर्ण पदक जित्न २९ स्वर्ण आवश्यक थियो। बुधबार यो उपलब्धि पनि पूरा भएको छ। १३औं सागमा हालसम्म नेपालले तेक्वान्दोमा ११, कराँतेमा १०, उसुमा तीन, ट्रायथलनमा दुई, साइक्लिङमा दुई र एथलेटिक्समा एक स्वर्ण पदक जितिसकेको छ। प्रतियोगिताको चौथो दिन बुधबार नेपालले तेक्वान्दो र साइक्लिङमा दुईदुई तथा कराँते र उसुमा एकएक स्वर्ण जितेको हो। अन्नपुर्णपोष्ट दैनिकबाट