३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

एथलेटिक्समा भारतलाई पाँच स्वर्ण हुँदा शिर्ष स्थानमा, नेपाल भने पछ्याउँदै

एथलेटिक्समा भारतलाई पाँच स्वर्ण हुँदा शिर्ष स्थानमा, नेपाल भने पछ्याउँदै
अ+ अ-

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तरगत एथ्लेटिक्सको दोस्रो दिन पनि भारतको दबदबा कायम रह्यो । दोस्रो दिन ७ स्वर्णका लागिभएको प्रतिस्पर्धामा भारतले ५ स्वर्ण जित्यो । पाकिस्तान र श्रीलंकाको नाममा समान १ स्वर्ण रह्यो । भरतले लङजम्प पुरुषतर्फ,१० हजार मिटर दौड पुरुषतर्फ, महिला २ सय मिटर र महिला र पुरुष डिस्कस थ्रोमा स्वर्ण जितेको हो ।पुरुष १० हजार मिटर दौडमा भारतका सुरेश कमारले निर्धारित दुरी २९.३३.६१ सेकेण्डमा पुरा गरे ।

श्रीलंकाका सानमुगेश्वरनले निर्धारित दुरी ३०.४९.३० सेकेण्डमा पुरा गर्दै र नेपालका दिपक अधिकारीले निर्धारित दुरी ३०.४९.३० सेकेण्डमा पुरा गर्र्दै कास्य पदक जिते । यता महिला २ सय मिटर दौडमा भारतकी अर्चना सुरिन्थले निर्धारित दुरी २३.६६ सकेण्डमा पुरा गर्दै स्वर्ण जित्दा मात्र ३ सकेण्डले पछि परेकी पाकिस्तानी खेलाडी नज्मा प्रबिनले रजत तथा भारतकै चन्द्रा लेखाएनले निर्धारित दुरी २४.२७ सेकेण्डमा पुरा गर्दै कास्य जितिन् । सो विधामा नेपालकी सरवती चौधरी र कृष्णा चौधरी हिट चरणबाटै बाहिरिएका थिए ।

सरस्वतीले निर्धारित दुरी २६.०४ सेकेण्ड र कृष्णाले निर्धारित दुरी २६.०४ सेकेण्डमा पुरा गरिन् । २ सय मिटर दौड पुरुषतर्फ पाकिस्तानका उजिर रहमानले निर्धारित दुरी २१.१५ सेकेण्डमा पुरा गर्दै स्वर्ण जित्दा श्रीलंकाका भिनोज सुर्यानाले निर्धारित दुरी २१.१९ सेकेण्ड र माल्दिभ्सका साहिद हसनले निर्धारित दुरी २१.२२ सेकेण्डमा पुरा गर्दै कास्य पदक जिते । त्यस्तै लङ जम्प पुरुषतर्फ भारतका लोकेश सत्यानाले ७.८७ मिटर को दुरीका साथ स्वर्ण पदक जित्दा भारतकै स्वामीनाथन यादबले ७.७७ मिटर को दुरीका साथ रजत र बंगलादेशका अलअमिनले ७.६० मिटर को दुरीका साथ कास्य जिते ।

सो बिधामा भुवन महतो र शेरबहादुर विष्टले क्रमश ६.७६ मिटर र ६.८५ मिटर दुरी पार गरे ।महिलालङ जम्पमा श्रीलंकाकी लक्क्षिनी सारंगले ६.३८ मिटर को दुरीका साथ स्वर्ण पदक जित्दा श्रीलंकाकै अन्जनी उथ्पालाले ६.११ मिटर को दुरीका साथ रजत र भारतकी सान्द्रा बाबुले ६.०२ मिटर को दुरीका साथ कास्य पदक जितिन् । यता डिस्कस थ्रो महिलामा नबजितकौरले ४९.८५ मिटर फ्याक्दै स्वर्ण जित्दा भारतकै सुरभी विश्वासले ४९.८५ मिटर फ्याक्दै ४७.३१ मिटर फ्याक्दै रजत श्रीलंंकाकी इशारा मधुरंगले ४१.२९ मिटर फ्याक्दै कास्य जितिन् ।

फाइनलमा स्थान बनाएकी नेपालकी अमृता महतोले ४०.१९ मिटर फ्याक्दै कास्य जितिन् । पुरुष डिस्कस थ्रो भारतका कृष्ण सिंहले स्वर्ण र गगनदिप सिंहले रजत जिते । पाकिस्तानका साम्स उलहकले कास्य जिते । कृष्ण सिंहले ५७.८१ मिटर फ्याक्दा गगन दिप सिंहले ५३.५७ मिटर र साम्सउलहकले ४४.३ मिटर फ्याके ।