५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुटिङ: २५ मिटर पेस्तोलमा नेपाललाई पछि पार्दै भारतले लग्यो स्वर्ण र रजत दुबै



अ+ अ-

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत सुटिङ तर्फ पनि भारतले हिजोको खेलमा बर्चश्व जमायो । महिला २५ मिटर पेस्तोलको व्यक्तिगत र टिम इभेन्टको दुवै फाइनलमा भारतले स्वर्ण पदक जित्न सफल भएको छ । व्यक्तिगत तर्फ स्वर्ण र रजत हात पारेको भारतले व्यक्तिगतमा पनि स्वर्ण जित्न सफल भयो । भारतकी अनुराज सिंहले ३० प्वाइन्टका साथ स्वर्ण पदक जित्दा २८ प्वाइन्ट जोडेकी भारतकै गौरी सिरोनले रजत पदक जितेकी थिइन् ।

यसैगरी पाकिस्तानकी कविर रवियाले २१ प्वाइन्टका साथ कास्य पदक हात पार्न सफल भइन् । नेपाली खेलाडीहरु भने यस प्रतियोगिता अन्तर्गत छनोट राउण्डबाटै आउट भएका थिए । यसैगरी, भारतकी निरज कौर १४ प्वाइन्टका साथ चौथो स्थानमा रहँदा बंगलादेशकी आरदिन फिरदोस १२ प्वाइन्टका साथ पाँचौं, श्रीलंकाकी डी एलभिस ८ अंकसहित छैटौं , ७ अंक जोडेकी श्रीलंकाकी अवियमना एम.टी.आर ६ अंकसहित आठौं स्थानमा रहे ।

टिम इभेन्टसमा भारतीय खेलाडीले बाजी मारे । भारतकी अनुराज सिंह, गौरी सिरोन र निरज कौरको समूहले १६९१ प्वाइन्टका साथ स्वर्ण पदक जितेको छ । यसैगरी श्रीलंकाले रजत पदक हात पारेको छ । श्रीलंकाका डी एलभिस , एम.टी.आर एभियमाना र एस.सी.जी कन्डेवालाको समूहले १६५५ प्वाइन्टका साथ रजत पदक हात पारेको छ । यस्तै पाकिस्तानका लुवना अमिन, रविया कविर र मेविस फरहानको समूहले १६३० प्वाइन्टका साथ कास्य पदक जित्न सफल भयो ।