५ श्रावण २०८३, मंगलवार
,
Latest
मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका र इरानबीच शान्ति सम्झौता भए पाकिस्तान भ्रमण गर्ने ट्रम्पको भनाइ



डोनाल्ड ट्रम्प
अ+ अ-

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार अमेरिका र इरानबीच हप्तौंदेखि जारी द्वन्द्व अन्त्य गर्न शान्ति सम्झौता भएमा आफू पाकिस्तान भ्रमण गर्नेबारे विचार गर्ने बताउनुभएको छ ।

यदि इस्लामाबादमा सम्झौता हस्ताक्षर भयो भने आफू त्यहाँ जानसक्ने उहाँको भनाइ छ । सायद सप्ताहन्तमा आफू जानसक्ने उहाँले बताउनु भयो । इरानसँग सम्झौता हुने सम्भावना निकै राम्रो देखिएको बताउनु भयो ।

ट्रम्पले इरानसँगको वर्तमान दुई हप्ताको युद्धविराम, जुन अर्को हप्ता समाप्त हुँदैछ, त्यसलाई लम्ब्याउन आवश्यक नपर्ने पनि बताउनु भयो ।

यसैबीच, ट्रम्पले इरानको युरेनियम संवर्धन स्थगित गर्न अमेरिकाले राखेको भनिएको २० वर्षको समयसीमालाई खारेज गरिदिनुभएको छ ।

अमेरिकी राष्ट्रपतिले तेहरान हामीले बी–टु बमवर्षक विमानबाट गरेको आक्रमणका कारण जमिनमुनि रहेको आणविक धुलो फिर्ता दिन सहमत भएको दाबी पनि गर्नुभयो ।

उहाँले इरानको संवर्धित युरेनियमलाई संकेत गर्दै सो कुरा बताउनुभएको हो । यद्यपि वार्ता असफल भएमा फेरि बमबारी शुरु गर्ने धम्कीलाई ट्रम्पले दोहो¥याउनु भयो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल