१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’ घिसिङद्वारा प्रधानमन्त्री साहलाई विपद् व्यवस्थापन र पूर्वाधार सुरक्षाबारे सुझाव दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक कूटनीति र सेवा प्रवाह सुधारबारे छलफल



अ+ अ-

काठमाडौँ। परराष्ट्र मन्त्रालयले बिहीबार पश्चिम एशिया र अफ्रिकास्थित नेपाली कूटनीतिक नियोगका प्रमुख तथा उपप्रमुखहरुसँग ‘भर्चुअल’ माध्यमबाट छलफल गरेको छ ।

त्यस अवसरमा परराष्ट्रमन्त्री शिशिर खनालले सुदृढ आर्थिक कूटनीतिमार्फत सुशासन र आर्थिक समृद्धि हासिल गर्नु सरकारको मुख्य प्राथमिकता भएको बताउनुभयो ।

उहाँले सोहीअनुसार नियोगहरूलाई आफ्ना गतिविधि सञ्चालन गर्न निर्देशन दिँदै नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिको प्रयोगमार्फत सार्वजनिक सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

परराष्ट्र सचिव अमृतबहादुर राईले प्रभावकारी सेवा प्रवाहमा जोड दिँदै आर्थिक कूटनीति प्रवर्द्धन गर्न र प्रविधिको उपयोगमार्फत कार्यक्षमता बढाउन आग्रह गर्नुभयो ।

साथै सम्बन्धित देशमा कार्यरत राजदूत, महावाणिज्यदूत तथा कार्यवाहक राजदूतहरूले ती देशको वर्तमान अवस्थाबारे जानकारी गराउँदै नेपाली नागरिकको सुरक्षास्थिति, सेवा प्रवाहको अवस्था, समस्या समाधान गर्न अपनाइएका नवीन अभ्यास तथा नियोगका प्राथमिकताबारे जानकारी दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस




भर्खरै