१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुटानसंगको खेलमा पारसले गरे यस्तो कमाल !



अ+ अ-

काठमाडौं । राजधानीमा चलिरहेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत बिहीबार भएको भुटानविरूद्धको खेलमा नेपाल बिजयी भएको छ । नेपालले भुटानलाई १४१ रनको विशाल अन्तरमा जित निकालेको हो।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २३७ रनको लक्ष्य जवाफी ब्याटिङ गरेको भुटानले २० ओभरमा ६ विकेट गुमाएर ९५ रनमात्र जोड्न सक्यो।

भुटानलाई सस्तैमा समेट्न पारस खडकाले दुई विकेट लिए भने पवन सराफ, करण केसी र ललित राजवंशीले समान एकरएक विकेट लिए। भुटानका लागि रन्जुङ मिक्यो दोर्जीले सबैभन्दा धेरै २७ रन हाने।

भुटानको तोब्देन सिंगेले १ र कर्मा दोर्जीले २ विकेट लिए।