१८ भाद्र २०८३, बिहीबार
,
Latest
सिरहाको औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर नेपालको विपत्तिमा उज्वेकिस्तानको ऐक्यबद्धता, एशिया इन्टरनेशनल युनिभर्सिटीमा दीप प्रज्ज्वलन यस्ता छन् विहिबार बसेकाे मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरू चीनबाट राहत सामग्रीको तेस्रो खेप नेपाल आइपुग्यो, १० जना फरेन्सिक विज्ञ पनि काठमाडौंमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय सांसद खड्काको अवस्था सामान्य भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय भोटेकोशी बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्य नेपाल एनपिजिए म्याच प्ले जारीः साविक विजेता निरज र टंक फाइनलमा



अ+ अ-

काठमाडौँ। साविक विजेता निरज तामाङ र टंकबहादुर कार्की सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपिजिए म्याच प्लेकोको  फाइनलमा प्रवेश गरेका छन् ।

रोयल नेपाल गल्फ क्लवमा आज भएको सेमिफाइनलमा नेपाल नम्बर एक निरजले चौथो वरियताका सञ्जय लामालाई सहजै ६/५ ले हराए । नवौं होलको समाप्तीमा निरजसँग दुई होलको अग्रता थियो । यसपछि दशौं, एघारौँ, बार्हौं र तेर्हौं होल लगातार जित्दै निरजले जित सहजै आफ्नो पक्षमा पारे ।

सेमिफाइनलमा तेर्हौ होलमा जित निकालेका निरजले क्वाटर फाइनलमा नवौं सिडेड रामे मगरलाई २/१ ले हराएका थिए । अर्को सेमीफाइनल खेलमा छैटौं वरियताका अनुभवी रवि खड्कालाई १० औं वरियताका टंकबहादुर कार्कीले ३/२ ले माथ दिँदै पहिलो पटक म्याच प्लेको फाइनलमा प्रवेश गरेका छन् । नौ होलको समाप्तीमा टंकले तीन होलको अग्रता बनाइसकेका थिए । तर यसपछि रविले दशौं र एघारौँ होल जित्दै अग्रतालाई एक होलमा घटाए । तर यसपछि पुनः टंक खेलमा हाबी हुँदा १६औं होलमा खेल जिते ।

यसअघि टंकले क्वाटर फाइनलमा दोस्रो वरियताका भुवन नगरकोटीलाई २/१ ले हराएका थिए। भुवन लगातार चौथो उपाधि जित्ने दाउमा थिए । जसलाई टंकले पूरा हुन दिएनन् । उपाधिका लागि निरज र टंकबीच भोलि ३६ होलको प्रतिष्पर्धा हुनेछ । यस्तै तेस्रो स्थानका लागि रवि र सञ्जयबीच १८ होलको खेल हुनेछ ।

आजै भएको अन्य क्वाटर फाइनलमा रविले तेस्रो वरियताका दिनेश प्रजापतिलाई प्ले अफको पहिलो होलमा हराएका थिए। यस्तै अर्को क्वाटर फाइनलमा सञ्जय लामाले पाँचौं वरियताका जयराम श्रेष्ठलाई १/० ले पराजित गरेका थिए ।

तीन दिने प्रतियोगितामा सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अर्डर अफ मेरिटका शिर्ष १६ मा रहेका खेलाडीहरूले प्रतिष्पर्धा गरेका छन् । प्रतियोगिताको कुल पुरस्कार राशी ४ लाख २५ हजार रहेको छ। विजेताले १ लाख प्राप्त गर्नेछ । दोस्रो,तेस्रो र चौथो हुने  खेलाडीहरूले क्रमशः ७५ हजार, ५६ हजार र ४२ हजार प्राप्त गर्नेछन् ।

यस्तै क्वार्टरफाइनल पुग्ने चार खेलाडीहरू रामे, जयराम, दिनेश र भुवनले १८ हजार प्राप्त गर्नेछन् । पहिलो चरणबाट बाहिरिएका सूर्यप्रसाद शर्मा, भुवनकुमार रोक्का, रमेश अधिकारी, दीपक मगर, बलभद्र राई, धन बहादुर थापा र कृष्णमान राजबाहकले जनही १० हजार प्राप्त गर्नेछन् । –न्युज एजेन्सी नेपाल