१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिपराही सडक निर्माणमा अनियमितता, बजेट हुँदाहुँदै पनि चासो नदिएको स्थानीयको गुनासो



अ+ अ-

लहान । प्रदेश–२ को पूर्वाधार विकास कार्यालयले भोटीय टोल–पिपराही सडक खण्डको मर्मत कार्य गर्न ढिलासुस्ति गरेको छ । पर्याप्त बजेट हुँदाहुँदै पनि उक्त सडकको मर्मत संभार गर्न पूर्वाधार विकास कार्यालयले चासो नदिएको स्थानीयको गुनासो छ । प्रदेश–२ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकासले उक्त सडक मर्मतका लागि गत आवमा २५ लाख बजेट विनियोजन गरेको थियो । सलोखरीदेखि नर्गी चोकसम्म सडक मर्मत गर्नुपर्ने देखिए पनि पूर्वाधार विकासले सलोखरीदेखि सीतापुर देवारीसम्म मात्रै मर्मत गरेको पाइएको छ ।

उक्त सडक खण्डमा प्रशस्त खाल्डाखुल्डी हुँदा यातायातका साधन चलाउन समस्या हुने गरेको छ । स्थानीय गोपाल यादव सलोखरीदेखी देवारीसम्म मर्मतको नाममा झारा टार्ने काम मात्र गरेको बताउँछन् । यादव भन्छन्, ‘मर्मत हेर्दा यस्तै पाँचदेखि ६ लाख जति खर्च भएको देखिन्छ, तर पूर्वाधारका कर्मचारी भने २५ लाख नै खर्च भइसक्यो भन्छन् ।’ त्यस्तै मिर्जापुरदेखि पटनासम्मको १३ किलोमिटर सडक खण्डको कार्य सम्पन्न भए पनि सन्तोषजनक देखिँदैन ।

उक्त सडक निर्माणका लागि पूर्वाधार विकासले गत आवमा ७५ लाख बजेट विनियोजन गरेको थियो । स्थानीयका अनुसार पूर्वाधार विकासले स्टिमेटअनुसार उक्त सडक निर्माण नगरेको दावी गर्छन् । स्थानीय अरूण साहका अनुसार स्टिमेटमा उक्त सडक डबल पोट ग्राबेल गर्ने भने पनि सिंगल पोट मात्रै ग्राबेल गरिएको छ । सिंगल पोट ग्राबेल पनि सन्तोषजनक छैन ।

त्यस्तै सिरहाको भगवानपुर गाउँपालिकाको मरिक टोलदेखि नेपाल–भारत सीमा सम्मको एक किलोमिटर ढलान पनि स्टिमेटअनुसार नगरिएको स्थानीयको भनाइ छ । स्थानीय अजय साहका अनुसार उक्त ढलानको स्टिमेटमा पहिला ग्राबेल अनि ग्राबेलमाथि इँटा र रड ओछ्याएर ढलान गर्नुपर्ने उल्लेख गरिए पनि सामान्य ग्राबेल गरेर ढलान गरिएको छ । यो ढलानको लागि पूर्वाधार विकासले ३० लाख बजेट विनियोजन गरेको छ । सौर्य दैनिकबाट