११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो

आर्थिक अनियमितताको आरोप लागेका एआइजीमाथिको कारबाही ६ महिनामा पनि टुंगिएन

आर्थिक अनियमितताको आरोप लागेका एआइजीमाथिको कारबाही ६ महिनामा पनि टुंगिएन
अ अ+ अ-

काठमाडौं । आर्थिक अनियमितताको आरोप लागेका नेपाल प्रहरीका एआइजी धीरु बस्तेमाथिको कारबाही ६ महिना बित्दा पनि टुंगिएको छैन । बस्नेत राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक हुँदा अनियमितताको आरोप लागेपछि उनलाई त्यहाँबाट हटाएर छानबिन थालिएको थियो । प्रहरी मुख्यालयमा दरबन्दी राखेर एआइजी बस्नेतलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा खटाइएको छ । अनियमिततासम्बन्धी उजुरी प्रधानमन्त्री कार्यालयमै पुगेपछि उनलाई हटाइएको थियो ।

ठेक्कामा कमिसन मागेको तथा बजेटसमेत दुरुपयोग गरेको खुलेपछि उनीमाथि थप छानबिन थालिएको छ । तर, छानबिन हाल अलपत्र रहेको स्रोत बताउँछ । प्रहरी प्रवक्ता एसएसपी विश्वराज पोखरेलले एआइजीमाथिको छानबिनबारे जानकारी नभएको बताए । यो घटनाले प्रहरीमा तल्लो तहका प्रहरीमाथि कारबाही हुने तथा माथिल्ला अधिकारीमाथि कारबाही हुँदैन भन्ने मान्यता थप प्रस्ट भएको प्रहरी अधिकारीहरू बताउँछन् ।

दुई सातामा ६ प्रहरी पक्राउ: प्रहरीहरू रंगेहात पक्राउ पर्ने क्रम बढेको छ । पछिल्लो दुई सातामा ६ प्रहरी भ्रष्टाचारसम्बन्धी छानबिनमा निलम्बनमा परेका छन् । बुधबार मात्र विराटनगरमा कार्यरत असइ श्यामकुमार दाहाल सात हजार घुससहित पक्राउ परेका थिए । सामान तस्करीमा सघाउने भन्दै उनले घुस लिएका थिए । त्यस्तै, गत १६ मंसिरमा ट्राफिक प्रहरी पोस्ट महेन्द्रनगरमा कार्यरत असइ नवीनकुमार झा एक हजार घुससहित पक्राउ परेका थिए ।

उनले टिपरसँग घुस लिएका थिए । १३ मंसिरमा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत इन्स्पेक्टर रामकिशोर साह ९० हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए । ठगी मुद्दा मिलाइदिने भन्दै उनले घुस लिएका थिए । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सइ जटाशंकरप्रसाद जटवालविरुद्ध १० मंसिरमा मुद्दा दायर भएको थियो । उनी ६० हजार घुससहित पक्राउ परेका थिए ।

८ मंसिरमा डिएसपी नवराज थापा र इन्स्पेक्टर मुरारि मिश्रविरुद्ध आयोगले मुद्दा दायर गरेको थियो । फेल भएकालाई लाइसेन्स दिएको तथा राजस्व हिनामिना गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर भएको हो । मातहतका कार्यालयमा अनुगमन र निरीक्षण बलियो हुन नसक्दा यसरी घुसखोरी बढेको प्रहरी प्रधान कार्यालयका एक अधिकारी बताउँछन् । नयाँ पत्रिका दैनिकबाट