१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने

नेपालको विकास प्रयासमा जापानी सहयोगको सराहना

नेपालको विकास प्रयासमा जापानी सहयोगको सराहना
अ अ+ अ-

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले नेपालको विकास प्रयासमा जापान सरकारले उपलब्ध गराएको सहयोगको सराहना गर्नुभएको छ ।

मन्त्रालयमा आज नेपालका लागि जापानी राजदूत मायदा तोरुले गर्नुभएको शिष्टाचार भेटमा गृहमन्त्रीले नेपालको आर्थिक–सामाजिक विकासमा जापानी सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो ।

गृहमन्त्री गुरुङले निर्माणाधीन नागढुङ्गा सुरुङ मार्ग परियोजनासहित अन्य विभिन्न पूर्वाधार तथा विकास आयोजनाबारे चर्चा गर्दै यस्ता परियोजनाले नेपालको समग्र विकासमा महत्त्वपूर्ण योगदान पु-याइरहेको उल्लेख गर्नुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाल–जापानबीच विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यमा थप प्राविधिक सहकार्य, क्षमता अभिवृद्धि तथा अनुभव आदानप्रदानसम्बन्धी आवश्यकता औँल्याउँदै गृहमन्त्रीले विपद् व्यस्थापनसम्बन्धी अध्ययन तथा खोज अनुसन्धानका लागि विश्वविद्यालय स्थापनामा प्राविधिक सहयोग गर्न आग्रह गर्नुभयो ।

भेटमा राजदूत मायदाले जापानको आर्थिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा नेपाली समुदायले प्रभावकारी योगदान पु-याइरहेको बताउनुभयो । उहाँले नेपाल–जापान आप्रवासन सहकार्यलाई थप व्यवस्थित र सुदृढ बनाउन जापान सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।  रासस