११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो

सिँचाइका लागि कुलो निमार्ण गर्न पहरा फोड्दै महिलाहरु, सुरक्षा सामग्री प्रयोग गर्दै काम गर्न पाउँदा दङ्ग

सिँचाइका लागि कुलो निमार्ण गर्न पहरा फोड्दै महिलाहरु, सुरक्षा सामग्री प्रयोग गर्दै काम गर्न पाउँदा दङ्ग
अ अ+ अ-

मुगु । जिल्लाको पश्चिम खत्याड गाउँपालिका–२ साविकको सेरी गाविसमा सिँचाइका लागि कुलो निमार्ण हुँदै छ तर फरक तरिकाले । विगतमा कुलो निमार्ण गर्दा र यो समयमा कुलो निर्माण गर्दा कामदारले फरक अनुभूति भएको बताएका छन् । कामदारले यसपाली सुरक्षा सामग्री प्रयोग गरेका कारण फरक अनुभूति गरेका हुन् ।सुरक्षा सामग्रीका साथ काम गर्न पाएका छौँ । पैसा पनि कमाउनेछौँ र ज्यानको पनि सुरक्षा र प्राथमिक उपचारका लागि औषधि पनि साइटमा राखेर काम गरेका छौँ ।

केही समस्या भए औषधिको पनि प्रयोग भएको कामदारहरू बताउँछन् । सेरी–२ भुवनेखोलादेखि नाइढुंगा सम्मको २४ सय ४० मिटर लामो कुलो निर्माणको काम धमाधम भइरहेको छ । कुलो निर्माणमा १८ वर्षभन्दा माथिका र ६० वर्ष सम्मका ३ सय ४५ जना कामदार कुलो निर्माणमा जुटेका छन् । कुलो निर्माणमा जुटेका महिला पुरुष सबै कामदारले नीलो हेल्मेट, हातमा पञ्जा, गमबुट लगाएर सबै जना बिहानै काममा जाने र दिनभरी कुलो निमार्णको काममा व्यस्त हुने गर्दछन् ।

तीमध्ये केहीले साबेल केहीले घनले हानेर पहरा फोडी कुलो निर्माण गर्दछन् त कोही कुलो निर्माणका लागि झाल बुन्दै छन् भने कोही सिमेन्ट बालुवा नजिक पुर्याई काम गरिरहेका छन् । उनीहरूमध्ये खत्याड गाउँपालिका–२ का ३५ वर्षका राजेन्द्र टमटा कुलो निर्माण समितिका अध्यक्ष हुन् । टमटाका अनुसार सिँचाइ कुलो निर्माणमा १० वटा समूहले काम गरिरहेको बताए । उनी भन्छन्,‘ महिला पुरुष सिँचाइ कुलो निर्माणको काममा जुटेका छौँ, सब्बल, घन उठाएका छौँ र पैसा पनि कमाएका छौँ ।

गाउँमै रोजगारी आएपछि किन छोड्ने भनेर कुलो निर्माणको काममा लागेका अध्यक्ष टमटाको भनाइ छ । पहिलेपहिले जुनुसुकै विकासे काम गर्दा पुरुषले मात्र गर्न सक्छन्, महिलाले सक्दैनन् भन्ने सोचाइ यस क्षेत्रमा थियोे । तर, अहिले यहाँका महिलाहरू दैनिक आठ घण्टा पुरुषसरह विकासे काममा पुरुषसँगै खटिरहेका हुन्छन् । पुरुषसरह ढुंगा फोड्ने, वाल लगाउने काममा महिलाहरू खटिरहेको खत्याड गाउँपालिका–२ की हिरा कामीले बताइन् । काममा खटिएका महिलाले पुरुष सरह नै ज्याला पाउँदै आएको जौमतीले बताइन् ।

परिवार पाल्नकै लागि भारत मजदुरी गर्न जाने युवा कुलोे निर्माणको काम सुरु भएपछि गाउँमै अडिएका छन् । महिलाले पनि रोजगारी पाएका छन् । यसले गाउँको बेरोजगार समस्या समाधान मात्र होइन, खाद्य सुरक्षामा सहजता, परिवारसँगै रहने वातावरण पनि सिर्जना गरेको छ । बढ्दो जलवायु परिवर्तनलाई अनुकूलनमा ल्याउन र खाद्य सुरक्षाको प्रत्याभूति गराउन खत्याड गाउँपालिका सेरीमा कुलो निर्माण गरिएको हो ।

नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय र अडाप्टेसन फण्डको आर्थिक सहयोग, डब्ल् एफ् पीको प्राविधिक सहयोग र ग्रामीण सामुदायिक विकास केन्द्र आर सी डि सी मुगुद्वारा सञ्चालित सीए एफ् एस् कर्णाली परियोजनाअन्तर्गत बढ्दो जलवायु परिवर्तनलाई अनुकूलनमा ल्याउन र खाद्य सुरक्षाको प्रत्याभूति गराउन खत्याड गाउँपालिकाको साविकको सेरी गाविसमा कुलो निमार्ण कार्य सञ्चालन गरिएको सीए एफ् एस् कर्णाली परियोजनाका सब इन्जिनियर ककेश शाहीले बताए ।

उनका अनुसार कुलो नुहुँदा किसानहरूको उत्पादन कम हुने र खाद्यान्नको समस्या हुने भएकाले सिँचाइका लागि कुलो निर्माण थालनी गरिएको बताए । कुलो निर्माण हुँदै गर्दा स्थानीयले पैसा पनि कमाउने र खेतमा सिँचाइ गरी उत्पादनमा सहज हुने र खाद्य सुरक्षाको सहज हुने भएकाले सीए एफ् एस् कर्णाली परियोजनाले कुलो निर्माणमा जोड दिएको सब इन्जिनियर शाहीको भनाइ छ ।

जलवायु परिवर्तनलाई अनुकूलनमा ल्याउन र खाद्य सुरक्षाको प्रत्याभूति गराउन मुगु जिल्लामा विभिन्न कार्यक्रम गर्दै आएको आरसिडी मुगुले खत्याड गाउँपालिकामा सामूहिक तरकारी खेती आर्यआजनसम्बन्धी सीपमूलक तालिम लगायतका कार्यक्रम गदै आएको आरसिडी मुगका उद्यम विकास अधिकृत जगत बहादुरले बताए ।

भुवने खोलादेखि नाईढुंगासम्मको कुलो निर्माणमा काम गर्दै आएका कामदारको रकम बैंकमा व्यक्तिगत खाता खोली जम्मा गर्ने गरिएको छ । कुलो निर्माणमा जुट्का साविको सेरी गाविसका ३ सय ४५ जनाकै महिला पुरुष कामदारको बैंक खाता खोली ज्याला जिल्ला दररेटअनुसार कामदारको कामको मूल्यांकनको आधारमा सिधै पैसा बंैक खातामा जम्मा गर्ने गरिएको छ । सुशासनको प्रत्याभूति गराउन र कामदारको मनोबल उच्च बनाउन रकमको सही सदुपयोगका लागि कामदारको व्यक्तिगत बैंक खातामा पैसा जम्मा गरिँदै आएको आरसिडी मुगुले जनाएको छ । सौर्य दैनिकबाट