१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साइक्लिङमा नेपाललाई स्वर्ण दिलाउने बुद्धिबहादुर तामाङ



अ+ अ-

सागअन्तर्गत साइक्लिङको दोश्रो दिन पनि नेपालले दुई स्वर्ण जितेको छ । पहिलो दिन बुधबार डाउनहिलमा नेपालले दुई स्वर्ण जितेको थियो । डाउनहिलको पुरुषमा राजेश मगर र महिलामा निश्मा श्रेष्ठले पहिलो दिन नेपाललाई स्वर्ण दिलाएका थिए । गोकर्णस्थित सहिद पार्कमा भएको पुरुष क्रसकन्ट्रीको २० किलोमिटर दूरीमा नेपालका बुद्धिबहादुर तामाङले स्वर्ण जिते ।

उनले निर्धारित दूरी १ घण्टा १९ मिनेट ०८ सेकेन्डमा पूरा गरे । पदक क्लिन स्विप गर्ने क्रममा नेपालले रजत र कांस्य पनि हात पार्यो। १ घण्टा १९ मिनेट ४० सेकेन्डमा राजीव राई दोश्रो तथा १ घण्टा २१ मिनेटमा ओकश वज्राचार्य तेश्रो भए ।

महिलातर्फ १६ किलोमिटरमा दूरी नेपालकी लक्ष्मी मगर पहिलो भइन् । लक्ष्मीले १ घण्टा २० मिनेट २० सेकेन्ड समय खर्चिन् । नेपालकै उषा खनाल (१ घण्टा ३५ मिनेट ५२ सेकेन्ड) दोश्रो तथा भारतकी प्रणिता प्रफुल (१ घण्टा ३६ मिनेट २९ सेकेन्ड) मा तेश्रो भए ।