४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

देउवा पक्षलाई काँग्रेस सभापति थापाको चेतावनीः क्रियाशील सदस्यता अध्यावधिक गर्ने कार्यमा डिष्टर्व नगरियोस्

देउवा पक्षलाई काँग्रेस सभापति थापाको चेतावनीः क्रियाशील सदस्यता अध्यावधिक गर्ने कार्यमा डिष्टर्व नगरियोस्
अ+ अ-

काठमाडौ: नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता अध्यावधिक नगर्नेहरु पार्टीको सदस्य नरहने चेतावनी दिनुभएको छ ।

शेरबहादुर देउवा पक्षले सो कार्य नगर्ने अडान लिईरहेका बेला उहाँले यस्तो चेतावनी दिनुभएको हो । मंगलवार काठमाडौं वडा नम्बर ३० स्थित पार्टीको वडा कार्यालयमा पुगेर पार्टीको क्रियाशील सदस्यताको अध्यावधिक गर्नका लागि निवेदन दिएलगत्तै सभापति थापाले सञ्चारकर्मीहरुमाझ पार्टीको सो काममा अवरोध गर्ने कुनै पनि खालका गतिविधि नगर्न सिंगो पार्टी पंक्तिलाई सचेत गराउनु भयो ।

उहाँले पार्टीको विधान अनुसार सो काम शुरु गरिएकाले पार्टीका नेता, कार्यकर्तालार्य आ आफनो वडा पार्टी कार्यालयमा पुगेर क्रियाशील सदस्यता अध्यावधिक गर्ने काम गर्न पनि निर्देशन दिनुभयो । सभापति थापाले सो कामलाई पार्टीको सदस्यता खाईदिने काम गरेको भन्दै कोलाहल मच्चाउने काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो । सो काममा आफूलाई सबैको सहयोगको आवश्यक्ता रहेको पनि सभापति थापाको भनाई थियो ।

उहाँले भन्नुभयो,‘पार्टीको क्रियाशील सदस्यताको निरन्तरताका लागि अध्यावधिक गर्ने कुरा पार्टीको विधान सम्मत छ । यो आवश्यक पनि छ । त्यसैले यो काममा कसैले पनि डिष्टर्व नगरिदिनु होला । कसैले म काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्दिन भन्नु हुन्छ भने उहाँ पार्टीको क्रियाशील सदस्य रहनु हुन्न । पार्टीको विधानले यही भन्छ । पार्टी केन्द्रिय सदस्य साथीहरु यह हुनुहुन्छ । मैले सबैलाई गर्ने अनुरोध यही हो । मैले आज शुरु गरेँ । अव वैशाख १५ गते भित्र तपाईहरुले पनि आ आफनो वडा पार्टी कार्यालयमा गएर सबै साथीहरु आ आफनो ठाउँमा जानुपर्छ । त्यो ठाउँबाट अध्यावधिक गर्नुपर्छ । कोही साथीहरुले विशेष अवस्थाले जान नसक्ने हुनुहुन्छ । कोही साथी देश बाहिर हुनुहुन्छ । यो सबै कुरा पार्टीले बुझेको छ । त्यस्तो अवस्थामा हामी त्यही अनुसार विशेष व्यवस्था गर्दछौ । पार्टीको यो काममा मलाई सबैको सहयोग चाहिन्छ ।  कसैले यो सदस्यताको बारेमा केही कुरा बुझनु भएको छैन भने कृपया पार्टीको केन्द्रिय कार्यालय आईदिनु होला । महामन्त्रीहरुले जिम्मा लिनु भएको छ । त्यहाँ बुझाई दिनु हुन्छ । तर बाहिर यो सदस्यताको बारेमा यो हुन लाग्यो, त्यो हुन लाग्यो । हाम्रो सदस्यता कसैले खोसिदिन लाग्यो हाम्रो सदस्यता कसैले खाईदिन लाग्यो भनेर अनावश्यक रुपमा कोलाहल मचाईदिने काम नगरीदिन पनि म सबैलाई आग्रह गर्न चाहन्छु ।’

काँग्रेसले विशेष कारणबश वडा पार्टी कार्यालयमा जान नसक्नेहरुका लागि क्रियाशील सदस्यता अध्यावधिक गर्नका लागि विशेष व्यवस्था गर्ने पनि जनाएको छ । सभापति थापाले काँग्रेसको निरन्तरताका लागि सम्बन्धित सबै नेता, कार्यकर्ताहरुले सो कार्यमा अनिवार्य सहभागी हुनुपर्ने स्पष्ट पार्नुभयो । पार्टीको सो कार्य विधानसम्मत भएकाले त्यसलाई पालना गरेर अघि बढनु पार्टीका सबै नेता, कार्यकर्ताहरुको दायित्व रहेको सभापति थापाको भनाई थियो । –न्युज एजेन्सी नेपाल