४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

सबैपक्षको मागलाई सम्बोधन हुने गरि सम्बैधानिक समाधान खोज्न दृढ संकल्पित बनौं: पूर्व राजा ज्ञानेन्द्र शाह

सधैँ विकल्पको खोजीमा देश प्रयोगशाला मात्र भयो

सबैपक्षको मागलाई सम्बोधन हुने गरि सम्बैधानिक समाधान खोज्न दृढ संकल्पित बनौं: पूर्व राजा ज्ञानेन्द्र शाह
अ+ अ-

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले सबैपक्षको मागलाई सम्बोधन हुने गरि सम्बैधानिक समाधान खोज्न दृढ संकल्पित बन्न आब्हान गर्नुभएको छ ।

नव वर्ष २०८३ को अवसरमा दिनुभएको शुभकामना सन्देश पूर्वराजा शाहले यस्तो आव्हान गर्नुभएको हो ।

उहाँले परस्परको राग, द्वेष, प्रतिशोध र निषेध राजनीतिमा हुन नहुने उल्लेख गर्दे जनचाहना समेतलाई मनन गरि देशलाई केन्द्रमा राखेर कदम बढाउन विलम्ब नगर्न अनुरोध गर्नुभएको छ ।

सन्देशको पूर्णपाठ

हामी नयाँ वर्ष दुई हजार त्रियासीमा आइपुगेका छौं । नव वर्षारम्भको यो परिवर्तनको पुनित अवसरमा देश भित्र र संसारका विभिन्न भूभागमा रहे बसेका सबै नेपालीहरुलाई सुख र शान्तिको मंगलमय शुभकामना । समयको प्रवाहसँगै हामीले हाम्रो देश र हाम्रो समाजलाई प्रगति पथमा अघि बढाउँदै जानुपर्दछ । विगतका कमी कमजोरी र त्रुटीलाई सच्याउँदै र बाधा व्यवधानलाई पन्छाउँदै हामी हाम्रो उच्चतम गन्तव्य तर्फ लम्कनु
पर्दछ ।

तब नै नयाँ वर्षको नवागत समयको अर्थ रहन्छ । वितेका कतिपय वर्ष वान्छित विकासका दृष्टिले नेपाल झन् झन् तल तल झर्दै गयो भन्ने नेपालीहरुको आम मनोभावना रह्यो । राजनीति, राज्य पद्धति र शासन प्रशासनको प्रणालीमा त हामीले निकै हेरफेर हेर्‍यौं तर त्यो कोरा परिवर्तन मात्र भयो । दल दलको खल्बलमा त हामी धेरै दगुर्‍यौं तर राष्ट्रको श्रीवृद्धिमा हामी निकै पछाडी पर्‍यौं । सधैं प्रयोग, सधैं अभ्यास र सधैं विकल्पको खोजीमा मात्र हामी लाग्यौं । फलस्वरुप हाम्रो देश प्रयोगशाला मात्र रह्यो ।  स्थिरता, निरन्तरता र दृढता कता कता हराएर गयो । विधी, पद्धति, व्यक्ति बदलेर मात्र समग्र स्थिति बन्ने रहेनछ भन्ने कुराको पाठ हामीलाई विगतले सिकाएको छ ।

राजनीति र राज्य संचालनको गतिविधीमा युवा पिढीको संलग्नता बढ्दै जानु उत्साहको विषय हो । पढेलेखेका, देश बुझेका र आधुनिक प्रविधीको ज्ञान भएका उत्साही पात्रहरुको आगमनले राष्ट्रलाई फलदायी बनाउनमा मद्दत पुग्छ भन्ने हामीलाई लाग्दछ । आज हाम्रो देश चौतर्फी समस्याको चांगमा छ । यो बेला नेपाली जनताका आशा अभिलाषा पनि उत्तिकै छन् । यो स्थितिमा हाम्रो आर्थिक अवस्थालाई कसरी उकास्ने, छिमेकीहरु र बाह्य मित्र शक्तिहरुको सहयोग, सद्भाव कसरी बढाउँदै जाने भन्नेमा हाम्रो ध्यान केन्द्रित हुनुपर्ने देखिन्छ । आन्तरिक सुरक्षा प्रणालीको दृष्टिले मुलुक अत्यन्त नाजूक अवस्थामा परेको छ ।

नयाँ वर्षमा जीउधनको सुरक्षा, अत्यावश्यक वस्तु र श्रोत साधनको संरक्षण एवं जीवन जीउने मानवीय सुरक्षाको हक अधिकारको प्रत्याभुति दिन सुरक्षाका अंग, हाम्रा सेवा सुविधाका क्षेत्र, प्रकृति र मौसमी कारणमा हुने पीडा प्रकोप विषयमा हाम्रो आन्तरिक सुरक्षालाई चुस्त दुरुस्त बनाउनु आवश्यक देखिन्छ । आजको विषम र अशान्त विश्वमा हामीले हामीलाई जोगाउने, हाम्रा उत्पादित, आयातित वस्तुको जोगाड गर्ने र कुनै प्रकारको व्यवधान पर्न नदिने तर्फ राज्यको गहिरो ध्यान पुग्नु पर्ने देखिन्छ ।

आम नागरिकले कुनै प्रकारको शारिरीक, मानसिक, भौतिक तथा जीवन यापनको मामिलामा त्रास, पीडा, अभावको अनुभव गर्न नपरोस् । हरेक क्षेत्रमा भरपर्दो आत्मनिर्भर भएर परनिर्भताबाट र स्वाधिन भएर पराधीनताबाट देशलाई जोगाउनु छ । देशको श्रोत शक्ति हो, सहि उपयोग भएमा नै समाजको कल्याण हुन्छ । अनि देशको स्वधर्म, संस्कृति र मौलिक कलाकृतिको सम्बद्र्धन भयो भने नै देशको गौरव बढ्छ । त्यसैले यिनै मूलभूत काम कर्तव्य तर्फअब हाम्रो पाइला अघि बढ्नु पर्छ । निषेध, फुट, द्वन्द्व र विद्रोहले हामी कमजोर हुन्छौं ।

परस्परको राग, द्वेष, प्रतिशोध र निषेध राजनीतिमा हुनु हुँदैन । जनचाहना समेतलाई मनन गरि देशलाई केन्द्रमा राखेर कदम बढाउन विलम्ब नगरौं । संवाद, सहमति र सहकार्यका माध्यमबाट सबैपक्षको मागलाई सम्बोधन हुने गरि सम्बैधानिक समाधान खोज्न दृढ संकल्पित
बनौं ।

नेपाल शान्तिको भूमी बनोस्, उन्नतिको मुलुक बनोस् अनि आफ्नै मौलिक सनातन र पहिचानबाट परिचित एवं प्रतिष्ठित बनोस् । सबै सबै नेपालीले न्याय, शान्ति र सुख पाउन् । यही हाम्रो सदिच्छा हो । श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्, जय नेपाल

https://www.youtube.com/watch?v=KlsozH7CA-0&t=1s