४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

भाग्यले जुराएको स्वर्ण: २४ वर्षपछि पहिलो पटक नेपाललाइ स्वर्ण पदक कस्ले दिलाए ?

भाग्यले जुराएको स्वर्ण: २४ वर्षपछि पहिलो पटक नेपाललाइ स्वर्ण पदक कस्ले दिलाए ?
अ+ अ-

काठमाडौं । म्याराथनमा नेपालले २४ वर्षपछि पहिलो पटक स्वर्ण पदक जित्न सफल भएको छ । नेपालका किरण सिंह बोगटीले शनिबार बिहान भएको म्याराथनमा स्वर्ण पदक दिलाएका हुन् ।तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सको म्याराथनमा बोगटीले स्वर्ण पदक जित्दा उनको यहाँसम्मको यात्रा भने भाग्यले जुराएको थियो । निर्धारित ४२ किलोमिटरको यात्रा तय गरेर त्रिपुरेश्वरस्थित दशरथ रगंशाला छिर्दा उनले २ घण्टा २१ मिनेट १७ सेकेण्ड समय खर्चिए । सोही स्पर्धामा भारतका रसपाल सिंहले रजत पदक जित्दा बोगटीभन्दा ४० सकेण्ड समय धेरै लगाए ।

भारतकै श्रे सिंहले २ घण्टा २२ मिनेट ०७ सेकेण्डमा दुरी पार गर्दै कास्य पदक हात हात पारे । सागको स्वर्ण जितेपछि बोगटीले आफ्नो यहाँसम्मको यात्राका बारेमा सुनाए । उनले भाग्यले साथ दिएपछि सागमा स्वर्ण जित्न सफल भएको बताए । सागका लागि छनौट भएको खेलमा बोगटी तेस्रो भएका थिए । गत वैशाखमा भएको आठौँ राष्ट्रिय खेलकुदबाट सागका खेलाडी छनोट गरिएको थियो । त्यहाँ त्रिभुवन आर्मीका कृष्ण बस्नेत पहिलो हुँदा कर्णाली प्रदेशका दुर्गा बूढा दोस्रो भएका थिए । बोगटी तेस्रो भएपछि सागको बन्द प्रशिक्षणमा उनलाई बोलाइएन । कृष्ण र दुर्गालाई जेठ अन्तिम साता बोलाइएको थियो ।

बन्द प्रशिक्षणमा बोलाएका दुईमध्ये कृष्ण मात्र आए । दुर्गा भने उपस्थित भएनन् । उनी इन्डियन लाहुरे रहेकाले प्रशिक्षणमा नआएका रहेछन् । सागमा सहभागी नहुने भएपछि किरण सशस्त्र प्रहरीमा जागिरे रहेका उनी आफ्नै काममा व्यस्त थिए । त्यत्तिकैमा उनलाई खबर गरेर प्रशिक्षणमा बोलाइयो । मरिसकेको आश केही हदसम्म उनमा पलायो । साउनको मध्यमा उनी पनि सागको बन्द प्रशिक्षणमा सहभागी भए । प्रशिक्षणका क्रममा भएको ३५ किलोमिटर दौडमा फेरी पनि किरण तेस्रो नै भए । प्रशिक्षणकै क्रममा आर्मीका कृष्ण म्याराथनमा भाग लिन चीन पुगेका थिए । त्यसैक्रममा यता भएको फाइनल छनोटमा किरण पहिलो भए ।

त्यसपछि कृष्ण र किरण दुवैलाई म्याराथनमा दौडाउने निर्णय भयो । दुवै जना तयारी गरिरहेका थिए । त्यत्तिकैमा कृष्णको आमाको तिहारमा निधन भएपछि उनको सहभागिता अनिश्चित भयो । १३ दिन नुन नखाएको र मातृशोकमा परेका कारण कृष्णलाई म्याराथनमा नदौडाउने निर्णय भयो र होमलाल श्रेष्ठले अवसर पाए । रंगशालामा शनिबार बिहान म्याराथनका लागि प्रवेश गर्दा नै सोचेका थिए कि पहिलो हुन्छु कि आठौँ । उनले भने,‘भाग्यले पाएको मौकालाई सदुपयोग गर्छु भन्ने सोचेर दौड सुरु गरेका थिए ।’ त्यसअनुसार उनले सुरुदेखि नै अग्रता लिए र पहिलो भएर स्वर्ण पदक जिते ।

कैलालीका किरणले २४ वर्षपछि नेपाललाई स्वर्ण जिताएका हुन् । सन् १९९५ मा भारतको मद्रासमा भएको सागमा टीका बोगटीले नेपाललाई स्वर्ण पदक जिताएका थिए । मुख्य प्रशिक्षक धनीराम पनि किरणको मेहनतले फल दिएको बताउँछन् । ‘किरण सुरुमा भाग्यले बन्द प्रशिक्षणमा आइपुगेका थिए, तर असाध्यै मेहनत गरे र त्यही मेहनतले स्वर्ण जित्न सफल भयो’, उनको भनाइ छ । किरण भने स्वर्णको श्रेय धनीरामसहितका प्रशिक्षकहरूलाई नै दिन्छन् । म्याराथनको कीर्तिमान भने नेपालका धावक बैकुण्ठ मानन्धरको नाममा रहेको छ । तेस्रो सागमा २ घण्टा १५ मिनेट ०३ सेकेण्डको समय निकाल्दै बनाएको कीर्तिमान अहिलेसम्म तोडिएको छैन ।

महिलातर्फ पुष्पालाई रजत:सोही स्पर्धाको महिलातर्फको श्रीलंकाकी हिरुनी केसराले स्वर्ण पदक जितिन् । उनले २ घण्टा ४१ मिनेट २४ सेकेण्ड समय खर्चंदै स्वर्ण जितेकी हुन् । त्यस्तै नेपालकी पुष्पा भण्डारीले रजतपदक हात पारिन् । उनले २ घण्टा ५० मिनेट ११ सेकेण्ड समयमा पूरा गरिन् । भारतकी ज्योति गावाटीले २ घण्टा ५२ मिनेट ११ सेकेण्डको समयसहित कास्य पदक हात पारिन् ।

एथ्लेटिक्सको आठ सय मिटर दौडको पुरुषमा नेपालका सोमबहादुर कुमालले कास्यपदक हात पारे । उनले १ मिनेट ५१ दशमलव ४४ सेकेण्डको समय खर्चे । १ मिनेट ५० दशमलव ५२ सेकेण्डको समयसहित श्रीलंकाका इन्दुनिलले स्वर्ण जित्दा भारतका मोहमदले १ मिनेट ५१ दशमलव २५ सेकेण्डको समयसहित रजत पदक हात पारे । सौर्य दैनिकबाट